काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको मत परिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगबाट अन्तिम मत परिणाम सार्वजनिक भए लगत्तै प्रतिनिधिसभा बैठक बोलाउने गरी तयारी गर्न थालिएको संघीय संसद् सचिवालयले जनाएको छ ।
नेपालको संविधानको धारा ९३ मा संसद् अधिवेशनको आह्वान र अन्त्यको व्यवस्था उल्लेख छ । उक्त प्रावधानअनुसार राष्ट्रपतिले प्रतिनिधि सभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र सङ्घीय संसद्को अधिवेशन आह्वान गर्नुपर्छ ।
संविधानमा ३० दिनभित्र भनिए पनि सचिवालयले भने बैठक आह्वानका लागि विगतदेखि एक वा दुई हप्ताभन्दा ढिला नगरेको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । “सचिवालयले नवनिर्वाचित सांसदहरूलाई काठमाडौँ आउनका लागि करिब १० दिनको समय दिएर संसद् बैठकका लागि सूचना आह्वान गर्छ । यहीबीचमा ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ लिनुहुन्छ र उहाँले अरु सांसदलाई शपथ गराउनुहुन्छ”, उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ फागुन २०८२, १३ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभामा राष्ट्र बैंक-तेस्रो संशोधन विधेयक-२०८३ प्रस्तुत
नेकपाद्वारा प्रतिनिधि सभामा प्रधानमन्त्रीको अभिव्यक्ति र सरकारका विषयमा जवाफ माग
विपक्षी अवरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित
आर्थिक विधेयकमा कर दर परिवर्तन र पृष्ठ हटाइएको विषय संसद्मा उठ्यो, सरकारको जवाफ माग
प्रधानमन्त्रीको जवाफ नआएसम्म विपक्षी दलले प्रतिनिधि सभाको अवरोध जारी राख्ने
कार्यसूची अघि नबढ्दै प्रतिनिधि सभा बैठक मंगलबारसम्मका लागि स्थगित