काठमाडाैं । बुधबार सेयर बजारको परिसूचक नेप्से ९.०१ अंकले घटेर दुई हजार एक सय ७३ दशमलब १० विन्दुमा बन्द भएको हो । मंगलबार नेप्से ३२.७२ अंकले बढेर दुई हजार एक सय ८२ दशमलब ११ विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, आज शेयर बजार घटेपनि कारोबार रकममा भने वृद्धि भएको छ । आज चार अर्ब ९२ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । तीन अर्ब ७२ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ८० वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १२१ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ६ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार पाँच कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा पिपुल्स हाइड्रोपावर कम्पनी, बाराही हाइड्रो, हिमालय उर्जा विकास कम्पनी, ग्रिन भेञ्चर लिमिटेड र नेशनल हाइड्रोपावर कम्पनी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ माघ २०७९, १५ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार