काठमाडाैं । बुधबार सेयर बजारको परिसूचक नेप्से ९.०१ अंकले घटेर दुई हजार एक सय ७३ दशमलब १० विन्दुमा बन्द भएको हो । मंगलबार नेप्से ३२.७२ अंकले बढेर दुई हजार एक सय ८२ दशमलब ११ विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, आज शेयर बजार घटेपनि कारोबार रकममा भने वृद्धि भएको छ । आज चार अर्ब ९२ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । तीन अर्ब ७२ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ८० वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १२१ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ६ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार पाँच कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा पिपुल्स हाइड्रोपावर कम्पनी, बाराही हाइड्रो, हिमालय उर्जा विकास कम्पनी, ग्रिन भेञ्चर लिमिटेड र नेशनल हाइड्रोपावर कम्पनी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ माघ २०७९, १५ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दोहोरो अंकले घट्यो नेप्से
कारोबारसँगै बढ्यो सेयर बजार
६.७४ अंकले बढ्यो नेप्से
सेयर बजार १.६६ अंकले घट्यो
सेयर बजार २६०६ अंकमा झर्यो
घट्यो सेयर बजार, ४ अर्ब ६६ करोडको कारोबार