जेन-जी घाइतेलाई छात्रवृत्ति दिने निर्णय गैरकानूनी : डा. गोविन्द केसी

सफल खबर संवाददाता

आइतबार, २९ चैत्र २०८२, १२ : ४७
जेन-जी घाइतेलाई छात्रवृत्ति दिने निर्णय गैरकानूनी : डा. गोविन्द केसी

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले जेनजी आन्दोलनमा घाइते एक युवतीलाई निःशुल्क एमबीबीएस अध्ययनका लागि सिट उपलब्ध गराउने विषयमा शिक्षा मन्त्रालयले दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएका छन्।

केसीले आइतबार एक विज्ञप्ति जारी गर्दै शिक्षा मन्त्रालयले राष्ट्रिय चिकित्सा शिक्षा ऐनअनुसार निर्णय भएको दाबी गर्नु गैरजिम्मेवारपूर्ण भएको भन्दै मन्त्रालयको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

‘जेनजी घाइतेलाई निःशुल्क एमबीबीएस नियम विपरीत छैन’ भन्दै मन्त्रालयले विज्ञप्ति जारी गरेको थियो । मन्त्रालयको अभिव्यक्तिले सरकारले राष्ट्रिय चिकित्सा शिक्षा ऐन तथा नियमावली पढेको छैन् अथवा पेलेरै लाने मनसायबाट प्रेरित भएको बताउँदै जानाजानी उल्लंघन गर्न खोजेको संकेत गर्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस