काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले देश र जनताका खातिर तटस्थ रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपाल पत्रकार महासंघले आज आयोजना गरेको पत्रकार भेटमा उनले कानुन निर्माण र कार्यान्वयन गर्न निष्ठा र निष्पक्षताका साथ लाग्ने बताएका छन् ।
संविधान संशोधनका साथै नयाँ कानुन बनाउन सहजकर्ताका रूपमा आफूले देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने सभामुख अर्यालले बताए । “विकास, समृद्धि र खुसी भन्ने कुरा एक दिन पनि ढिला नगरीकन पाउनुपर्छ भन्ने मेरो बुझाइ हो, त्यसकारण सबैले महसुस गर्ने गरी काम पूरा गर्नेछु”, उनले भने ।
जनताले प्रत्यक्ष लाभ पाउने गरी ‘फास्ट ट्रयाक’ बाट कानुन निर्माणको प्रक्रियालाई अघि बढाउने प्रतिबद्धता पनि उनले व्यक्त गरे । बूढीगण्डकी जलाशययुक्त आयोजना कार्यान्वयनका निम्ति सरकारलाई निरन्तर झकझक्याउने उनले बताएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ चैत्र २०८२, १४ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुशासन, समृद्धि र भ्रष्टाचार अन्त्यको लक्ष्य हाम्रै पालामा पूरा गर्नुपर्छ: सभामुख अर्याल
जनमुखी विकास र सुशासनलाई प्राथमिकतामा राख्न सभामुख अर्यालको आग्रह
सभामुख अर्याल र उपराष्ट्रपति यादवबीच भेट
आकस्मिक समयलाई थप व्यवस्थित बनाइने सभामुखको प्रतिबद्धता
सभामुख अर्यालले श्रम संस्कृति पार्टीका सांसदलाई दिए चेतावनी
राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता