दिग्गज भारतीय गायिका आशा भोसलेको निधन

सफल खबर संवाददाता

आइतबार, २९ चैत्र २०८२, १३ : ५५
दिग्गज भारतीय गायिका आशा भोसलेको निधन

मुम्बई । दिग्गज भारतीय गायिका आशा भोसलेको निधन भएको छ। शनिबार साँझ मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएकी भोसलेको आज निधन भएको हो।

अत्याधिक थकान र छातीमा सङ्क्रमणको समस्या देखिएपछि भोसलेलाई शनिबार अस्पताल भर्ना गरिएको थियो। यसअघि उनलाई हृदयघात भएको भन्ने जानकारी पनि बाहिरिएको थियो, जसको खण्डन भोसलेकी नातिनी जनाई भोसलेले गरेकी थिइन्।

जनाइले आशालाई छातीमा सङ्क्रमणको भएको जानकारी आफ्नो सामाजिक संजालमार्फत दिएकी थिइन्। चिकित्सकले दिएको जानकारी अनुसार, अस्पताल भर्ना भएपछि भोसलेको आपतकालीन चिकित्सकीय सेवा इकाइ (एचइओसी) मा उपचार भइरहेको थियो।

प्रतिक्रिया दिनुहोस