सार्वजनिक लेखा समिति सभापतिमा श्रम संस्कृति पार्टीको दाबी

सफल खबर संवाददाता

आइतबार, २९ चैत्र २०८२, १५ : २१
सार्वजनिक लेखा समिति सभापतिमा श्रम संस्कृति पार्टीको दाबी

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति सभापतिमा श्रम संस्कृति पार्टीले दाबी गरेको छ। प्रतिनिधि सभाले गत शुक्रबार संसदीय विषयगत समितिहरू गठन गरेसँगै सभापति चयन प्रक्रिया अघि बढेको हो। 

सार्वजनिक लेखा समिति २६ सदस्यीय रहेको छ र उक्त समितिमा श्रम संस्कृति पार्टीका महासचिव आरेन राई सदस्य छन्। सभापति चयनका लागि दलहरूबीच आन्तरिक छलफल भइरहेको जनाइएको छ।

सभामुख डोलप्रसाद अर्यालले संसदीय समितिका सभापतिको निर्वाचन आगामी वैशाख ४ गतेका लागि निर्धारण गरेका छन्। सो मितिभन्दा अघि नै सहमतिको आधारमा सभापति टुंगो लगाउने प्रयास दलहरूले गरिरहेका छन्।

सार्वजनिक लेखा समितिमा अमृता बिक, आरेन राई, इन्दिरा राना मगर, ऐन बहादुर महर, कृपा महर्जन, क्रान्तिशिखा धिताल, खगेन्द्र सुनार, खुश्बु ओली, गणेश धिमाल, गणेश पराजुली, गणेश सिंह ठगुन्ना, गोविन्द पन्थी, जनक राज गिरी, प्रेमलाल चौधरी, वर्षमान पुन, बुद्धरत्न महर्जन, भरत बहादुर खड्का, महेन्द्रबहादुर शाही, मोहन आचार्य, यज्ञबहादुर बोगटी, योगेश गौचन थकाली, रमेशकुमार सापकोटा, रुकेश रन्जित, विक्रम थापा, विपिनकुमार आचार्य र सिताराम साह सदस्य रहेका छन्।

संसदीय समितिहरूले विधेयक परीक्षण, सरकारी खर्चको निगरानी तथा नीतिगत कार्यान्वयनको मूल्यांकन गर्ने जिम्मेवारी वहन गर्ने व्यवस्था रहेको छ। 

 

 

प्रतिक्रिया दिनुहोस