नेप्सेमा ४१ अंकको गिरावट, कारोबार रकम साढे ५ अर्ब नजिक

सफल खबर संवाददाता

विहीबार, २८ पुस २०७९, १५ : ४३
नेप्सेमा ४१ अंकको गिरावट, कारोबार रकम साढे ५ अर्ब नजिक

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा ४१.०४ अंकको गिरावट आएको छ । तीव्र उतारचढावबीच बिहीबार नेप्से १.८७ प्रतिशतले घटेर २१४९.३९ बिन्दुमा आएर बन्द भएको छ ।

बिहीबार दोस्रो बजारमा २५२ कम्पनीको सेयर कारोबारमा आउँदा १८४ कम्पनीको सेयर मूल्य घट्यो भने २१ कम्पनीको मूल्य बढेको र एक कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।

बिहीबार ८३ हजार ११३ कारोबार मार्फत एक करोड ४४ लाख ८२ हजार ९५९ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम ५ अर्ब ४७ करोड ७६ लाख २४ हजार पुगेको छ ।

दोस्रो बजारमा कारोबारमा आएका १३ उपसमूहमध्ये आज व्यापार उपसमूहबाहेक सबै उपसमूहमा राताम्मे छन् । फाइनाइन्स र लगानी उपसमूह सबै भन्दा धेरै ३ प्रतिशतसम्मले ओरालो लागेका छन् । बिहीबारको बजारमा कुमारी धनवृद्धि योजना र सिंगटी हाइड्रोपावरको सेयर लगानीकर्ताले उच्च नाफा कमाए । दुवै कम्पनको सेयर मूल्यमामा सकारात्मक सर्किट लागेको छ ।

बिहीबार गुराँस लघुवित्त, कालिका पावर कम्पनी र बलेफी हाइड्रोका लगानीकर्ताले बजारमा नोक्सानी भोगे । यी कम्पनीका सेयर मूल्य क्रमशः ९ देखि ७ प्रतिशतसम्मले घटेको थियो । बिहीबार उच्च कारोबार हुने तीन कम्पनीहरुमा शिवम् सिमेन्ट, रिडी पावर र ङ्यादी ग्रुप पावर रहे । शिवम् सिमेन्टको २२ करोड २० लाख, रिडीको १७ करोड ८३ लाख र ङ्यादी ग्रुप पावरको १६ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भयो ।

प्रतिक्रिया दिनुहोस