काठमाडौं । नेपाल राष्ट्र बैंकले चुक्ता प्रणाली सञ्चालन गर्ने कम्पनीको चुक्ता पुँजी बढाएको छ । भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थालाई प्रदान गरिने अनुमति नीति, २०७९ जारी गर्दै चुक्ता पुँजी बढाएको हो ।
भुक्तानी प्रणाली सञ्चालन गर्ने कम्पनीको चुक्ता पुँजी न्यूनतम ४० करोड तोकिएको छ । यसअघि १० करोड चुक्ता पुँजी तोकिएको थियो ।नयाँ भुक्तानी प्रणाली सञ्चालनका लागि अनुमति लिने कम्पनीले अब न्यूनतम चुक्ता पुँजी ४० करोड पुर्याउनुपर्ने छ । यो व्यवस्था लागु हुनु अघि बैंकबाट अनुमतिपत्र लिएका संस्थाको हकमा तोकिएको न्यूनतम चुक्ता पुँजी २०८५ साल असार मसान्तसम्ममा कायम गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।
यस्तै, भुक्तानी कार्डबाहेक अन्य उपकरणहरू सञ्चालन गर्ने संस्थाको चुक्ता पुँजी पाँच करोड तोकिएको छ ।भुक्तानी कार्डसहित अन्य उपकरणहरूसमेत सञ्चालन गर्ने संस्थाको पुँजी २५ करोड तोकिएको छ ।
नेपालमा जारी भएको भुक्तानी उपकरणमार्फत नेपाल बाहिरसमेत भुक्तानी कारोबार हुनेगरी सञ्चालन हुने संस्थाको पुँजी ८० करोड तोकिएको छ । बैंक तथा वित्तीय संस्था तथा विदेश स्थापना भएर नेपालमा भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थालाई भने यो नियम लागु हुनेछैन ।
भुक्तानी सेवाप्रदायकको अनुमति पाएको पाँच वर्षभित्र संस्थापक सेयर बिक्री नहुने प्रावधान नीतिमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ पुस २०७९, १९ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल राष्ट्र बैंकले माग्यो कर्मचारी (सूचनासहित)
बैंकिङ प्रणालीबाट ६० अर्ब तरलता खिच्दै केन्द्रीय बैंक
नेपाल राष्ट्र बैंकले १०० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्यायो
केन्द्रीय बैंकले उपदान कोषको तीन अर्ब ७० करोड लगानी गर्ने
बैंकिङ कारोबारका लागि आरटिजिएस प्रणाली खुला रहने
जग्गा विकाससँग सम्बन्धित कम्पनीले कर्जा पुनर्तालिकीकरण गर्न पाउने