काठमाडौ । नेपाल राष्ट्र बैंकले नयाँ श्रृंखलाको १०० रुपैयाँको बैंकनोट चलनचल्तीमा ल्याएको छ।
बैंकका अनुसार साविककै आकार र रङ्गमा तयार गरिएको उक्त नोट बिहीबारदेखि बजारमा पठाइएको हो। नोटमा “नेपाल सरकारको जमानत प्राप्त… नेपाल राष्ट्र बैंकबाट रुपैयाँ एक सय तुरुन्त पाइनेछ” भन्ने प्रतिज्ञामूलक वाक्यांश पनि समावेश गरिएको छ।
नोटको अगाडिको भागमा सगरमाथा, लालीगुराँसको पानीछाप, नेपालको नक्सा, अशोक स्तम्भ तथा मायादेवीको चित्रलगायत तत्व राखिएका छन्। सुरक्षाका लागि रंग परिवर्तन हुने धागो, दृष्टिबिहीनले पहिचान गर्न सकिने विशेष चिन्ह तथा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर छापिएको राष्ट्र बैंकले जनाएको छ। पछाडिको भागमा नेपाल राष्ट्र बैंकको नाम अंग्रेजीमा, एक सिंगे गैडाको माउ र बच्चाको चित्र उल्लेख गरिएको छ।
यसअघि २०७६ असोज ७ गते सार्वजनिक गरिएको १०० रुपैयाँका नोटमध्ये ०००००१ देखि ९९९९९९ सम्म चलनमा ल्याउने घोषणा भए पनि ०००००१ देखि २०३४५०० सम्म मात्र वितरण गरेको जानकारी समेत राष्ट्र बैंकले दिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ मंसिर २०८२, ०७ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल राष्ट्र बैंकले माग्यो कर्मचारी (सूचनासहित)
बैंकिङ प्रणालीबाट ६० अर्ब तरलता खिच्दै केन्द्रीय बैंक
केन्द्रीय बैंकले उपदान कोषको तीन अर्ब ७० करोड लगानी गर्ने
बैंकिङ कारोबारका लागि आरटिजिएस प्रणाली खुला रहने
जग्गा विकाससँग सम्बन्धित कम्पनीले कर्जा पुनर्तालिकीकरण गर्न पाउने
५० दरको ४२ करोड नोट छपाइका लागि राष्ट्र बैंकले गर्यो बोलपत्र आह्वान