काठमाडौँ । नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । बैंकले आज एक सूचना जारी गर्दै ७६ जना कर्मचारीको लागि खुला प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।
बैंकले तृतीय श्रेणीको अधिकृतदेखि द्वितीय श्रेणीमा सहायकसम्म दरखास्त आह्वान गरेको छ । जसमा तृतीय श्रेणीमा अर्थशास्त्रतर्फ १ जना, व्यवस्थापक तर्फ एक जना, प्रशासनतर्फ ३९ जना, लेखातर्फ १० जना, वाणिज्य कानुनतर्फ ४ जना सहायक निर्देशक माग गरेको छ ।
यस्तै द्वितीय श्रेणीतर्फ २१ जना प्रशासन सहायक माग गरेको छ ।
इच्छुक नेपाली नागरिकले आजदेखि पुष १० गतेसम्म आवेदन दिन सकिने छन् भने दोब्बर दस्तुर तिरेर पुष १७ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सकिने छ ।
हेर्नुहोस् सूचना :

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ मंसिर २०८२, ११ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति
बैंकिङ प्रणालीबाट ६० अर्ब तरलता खिच्दै केन्द्रीय बैंक
नेपाल राष्ट्र बैंकले १०० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्यायो
केन्द्रीय बैंकले उपदान कोषको तीन अर्ब ७० करोड लगानी गर्ने
बैंकिङ कारोबारका लागि आरटिजिएस प्रणाली खुला रहने
जग्गा विकाससँग सम्बन्धित कम्पनीले कर्जा पुनर्तालिकीकरण गर्न पाउने