नेपाल राष्ट्र बैंकले माग्यो कर्मचारी (सूचनासहित)

सफल खबर संवाददाता

शुक्रबार, १९ मंसिर २०८२, ११ : ५७
नेपाल राष्ट्र बैंकले माग्यो कर्मचारी (सूचनासहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । बैंकले आज एक सूचना जारी गर्दै ७६ जना कर्मचारीको लागि खुला प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।

बैंकले तृतीय श्रेणीको अधिकृतदेखि द्वितीय श्रेणीमा सहायकसम्म दरखास्त आह्वान गरेको छ । जसमा तृतीय श्रेणीमा अर्थशास्त्रतर्फ १ जना, व्यवस्थापक तर्फ एक जना, प्रशासनतर्फ ‍३९ जना, लेखातर्फ १० जना, वाणिज्य कानुनतर्फ ४ जना सहायक निर्देशक माग गरेको छ ।

यस्तै द्वितीय श्रेणीतर्फ २१ जना प्रशासन सहायक माग गरेको छ ।

इच्छुक नेपाली नागरिकले आजदेखि पुष १० गतेसम्म आवेदन दिन सकिने छन् भने दोब्बर दस्तुर तिरेर पुष १७ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सकिने छ । 

 

हेर्नुहोस् सूचना :

प्रतिक्रिया दिनुहोस