चितवन । चितवनका सात वटै पालिकाले शुक्रबार आगामी आर्थिक वर्ष २०७९र८० को बजेट ल्याएका छन् । पालिकाका उपप्रमुख तथा उपाध्यक्षले नगर तथा गाउँ सभाको अधिवेशनमा आगामी आवको लागि बजेट पेस गरेका हुन्।
दोस्रो पटक भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएर आएका जनप्रतिनिधिले पहिलो आवको लागि नीति तथा कार्यक्रम र बजेट ल्याएका हुन्। जिल्लाका सात पालिकाले आगामी आवको लागि ११ अर्ब ६५ करोड ८ लाख ३९ हजार रुपैयाँको बजेट ल्याएका छन्।
सबैभन्दा धेरै भरतपुर महानगरपालिकाको बजेट छ भने सबैभन्दा थोरै इच्छाकामना गाउँपालिकाको छ। बजेटमाथि कार्यपालिका सदस्यका बीचमा दफावार छलफलपछि केही दिनमा नै बजेट पारित गर्नुपर्ने व्यवस्था छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ असार २०७९, १० : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवन पूर्णखोप सुनिश्चितता तथा दिगोपन जिल्ला घोषणा
चितवनमा रक्तदाता बढाउन रक्तदान महोत्सव आयोजना
चितवनलाई पर्यटकीय राजधानी घोषणा गर्न माग
निकुञ्ज र सामुदायिक वनमा डढेलो लाग्दा चितवनमा खपिनसक्नु वायु प्रदुषण
रवि लामिछानेसहित १४ जनाविरुद्ध आज चितवनमा मुद्दा दर्ता हुँदै
चितवन तनावग्रस्तः मुठभेडमा २० भन्दा बढी प्रहरी घाइते, रास्वपातर्फ कति ?