काँग्रेस विवाद समाधानमा शेखर कोइरालाको मध्यस्थ प्रयास, वार्ता गर्न दुई टोली गठन

सफल खबर संवाददाता

विहीबार, २६ चैत्र २०८२, १३ : ०१
काँग्रेस विवाद समाधानमा शेखर कोइरालाको मध्यस्थ प्रयास, वार्ता गर्न दुई टोली गठन

काठमाडौँ । नेपाली काँग्रेसभित्रको आन्तरिक विवाद समाधान गर्न नेतृत्वको भूमिका निर्वाह गर्ने उद्देश्यले डा. शेखर कोइरालाले मध्यमार्गी पहल सुरु गरेका छन्।

पार्टीका विभिन्न नेताहरूसँगको परामर्श र छलफलपछि कोइरालाले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको निर्णयलाई मान्यता दिँदै अगाडि बढ्ने निर्णय गरेका छन्।

उनले विवादित पक्षहरूसँग वार्ता सञ्चालन गर्न दुई अलग-अलग टोली गठन गरेका छन्।

पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको पक्षसँग संवादका लागि डा. मिनेन्द्र रिजाल र गोविन्द पोखरेल जिम्मेवारीमा रहेका छन् भने संस्थापन समूहसँग वार्ता गर्ने जिम्मेवारी तत्कालीन कार्यसमितिका सहमहामन्त्री जीवन परियार र बद्री पाण्डेलाई दिइएको छ।

पार्टीभित्रको स्थिति जटिल बन्दै गएको छ। देउवा पक्षले गगन थापालाई सभापतिका रूपमा अस्वीकार गर्दै समानान्तर गतिविधि बढाएको छ भने संस्थापन समूह भने १५ औँ महाधिवेशनतर्फ अघि बढिरहेको छ।

प्रतिक्रिया दिनुहोस