काठमाडौं । संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले एक महिना वित्दासम्म दल नेता चयन गर्न सकेको छैन । दल नेता चयन गर्न चौतर्फी दवाव बढेसँगै आज उसले सर्वसहमतिबाट दल नेता चयनको अन्तिम कोसिस गर्ने जनाएको छ ।
खासगरी पूराना र अनुभवी समेत रहेका संसदकै जेष्ठ सदस्य रहेका अर्जुननरसिंह केसी, निवर्तमान सहमहामन्त्री भीष्मराज आङदाम्बे र नेता मोहन आचार्यका बीचमा रस्साकससी चलेपछि कांग्रेसले दल नेता चयन गर्न सकेको थिएन । यस अघि चुनावमार्फत नै दल नेता चयन गर्ने गरी कार्यतालिका सम्म सार्वजनिक गर्दा पनि अन्तिम समयमा रोकेर सर्वसहमति खोजी गर्ने नेताहरुले बताएका थिए ।पछिल्लो पटक ७२ घण्टाभित्र सहमति खोज्ने भन्दै निर्वाचन तालिका स्थगित गरिएको थियो । उक्त समयावधि आज पूरा हुँदैछ ।
केसी कांग्रेस सभापति गगन थापाका ससुरा बा हुन् । तर उनलाई दल नेता बनाउन गगन र उपसभापति विश्वप्रकाश शर्मा दुवै तयार नभएपछि केसीले पनि आफ्नै ज्वाई र उपसभापति शर्माका रोजाईका पात्रलाई दल नेता बन्न नदिन अर्काे कार्ड फयाँकेका छन् । आफु दल नेताको चुनावी रेस छोडने तर त्यसको सट्टामा कर्णालीको भूगोल , महिला र प्रत्यक्ष पनि चुनाव जितेकि बासना थापालाई दल नेता बनाउन केसीले प्रस्ताव गरेका छन् ।
उनलाई फकाउन सभापति गगन थापाले शर्मा, पुष्पा भुषाल, महामन्त्रीद्दय गुरुराज घिमिरे, प्रदीप पौडेल र प्रवक्ता देवराज चालिसेलाई परिचालन गरेका थिए । आफैंले प्रस्ताव गर्दा पारिवारिक सम्वन्धका कारण पनि जटिल हुनसक्ने ठानेर गगनले सुसरा बा लाई फकाउन र दल नेताको दावी छोडिदिन अन्य नेताहरु परिचालन गरेका थिए ।
दल नेतामा गगन र विश्वकै पनि मत एक ठाँउमा छैन । विश्वप्रकाश शर्मा निर्वतमान सहमहामन्त्री भीष्मराज आङदाम्बेलाई दल नेता बनाउन चाहान्छन् । तर गगन थापा रसुवाबाट प्रत्यक्ष चुनाव जितेका मोहन आचार्यलाई दल नेता बनाउन चाहिरहेका छन् ।
पार्टी सभापति र उपसभापतिले आफुलाई बनाउन नदिनेमा सहमति जनाएको र उनीहरुका अलग अलग पात्र देखापरेपछि केसीले पनि दुवैका उम्मेदवारलाई हुन नदिन अर्काे कार्ड फयाँकेको कांग्रेस वृतमा चर्चा छ ।
गगनले सारेका उम्मेदवार आचार्य ठेकेदार पनि रहेका कारण ठेकेदारलाई दल नेता सुम्पन चाहेको भन्दै नकारात्मक सन्देश जाने भन्दै समानुपातिकबाट आफु सांसद भएकोमा दल नेता बन्न रोकेपछि समानुपातिकबाटै सांसद बनेका भीष्मराज आङदाम्बे पनि दल नेता बन्न नहुने मत अर्जुननरसिंह केसीले अगाडी सारेका छन् ।
उनले त्यसको विकल्पमा बासना थापाको नाम प्रस्ताव गरेका हुन् । ‘हाम्रा पदाधिकारीहरु लोकप्रिय हुन खोजिरहनुभएकाले मैले युवा, महिला, दुर्गम क्षेत्र र प्रत्यक्ष निर्वाचित समेत भएकाले बासना थापालाई किन दल नेता नबनाउने भनेर नेताहरुलाई सु्झाएको छु,’ केसीले सफलखबरसँग भने ।
बासना थापा पहिलो विकल्प हुनसक्ने भन्दै केसीले त्यसो हुन नसके युवाबाटै दलको नेता बनाए विकल्पमा मुस्ताङबाट दुई पटक प्रत्यक्ष निर्वाचित भइसकेका योगेश गौचन थकाली हुन सक्ने बताए । उनीपनि नभए मधेशबाट प्रतिनिधित्व गर्ने कुनै एक सांसदलाई दलको नेता बनाउनुपर्ने केसीको भनाइ छ ।
गगन र विश्वप्रकाशको आ आफनो रोजाईका बीचमा आफु दल नेता बन्न नपाएपछि अर्जुननरसिंह केसीले प्रत्यक्ष चुनाव जितेका बासना थापा, योगेश गौचन थकाली मध्येबाट दल नेता बनाउनुपर्ने नयाँ कार्ड फयाँकेपछि कांग्रेसमा दल नेताको किचलो अझै मथ्थर हुने देखिएको छैन । यधपी आज उसले केन्द्रीय कार्यासम्पादन समितिको बैठकबाट सर्वसहमतिमा दल नेता चयन गर्ने जिकिर भने गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ बैशाख २०८३, ०९ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सबैको प्राथमिकता पार्टी एकतामा केन्द्रित हुनुपर्छ : अर्जुननरसिंह केसी
कांग्रेसमा दल नेता : युवासँग नभिड्ने, सर्वसम्मत माग्ने अर्जुननरसिंहको तयारी
११ औँ महाधिवेशन ४० दिनको तयारीमा गरिएको हो, अहिले पनि गर्न सकिन्छ’ : अर्जुननरसिंह केसी
नेपालीहरूको विदेशी बैंकमा रहेका अवैध सम्पत्ति राष्ट्रियकरण गरौँ’ : अर्जुननरसिंह केसी
कुलिङ पिरियडबारे एमालेका ५ सांसदको संशोधन प्रस्तावप्रति काँग्रेसले जनायो गम्भीर आपत्ति
अख्तियारसम्बन्धी विधेयक छिटो ल्याउन अर्जुननरसिंह केसीको माग