चितवन । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै चितवन जिल्लामा मतदान स्थलको सुरक्षा अवस्थाको मूल्यांकन गरी वर्गीकरण गरिएको छ। जिल्ला सुरक्षा समितिले निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन मतदान स्थललाई जोखिमको आधारमा तीन तहमा वर्गीकृत गरेको हो।
जिल्ला प्रशासनका अनुसार मतदान स्थलहरू अति संवेदनशील, संवेदनशील र सामान्य श्रेणीमा विभाजन गरिएका छन्। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए अनुसार २३ वटा मतदानस्थल अति संवेदनशील, ९३ वटा संवेदनशील र ४७ वटा सामान्य श्रेणीमा राखिएका छन्। प्रत्येक श्रेणीअनुसार फरक-फरक सुरक्षा रणनीति अपनाइने गरी सुरक्षासम्बन्धी योजना तयार गरिएको प्रशासनको भनाइ छ।
निर्वाचनको तयारी तीव्र बनेसँगै प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सम्बन्धित निकायको टोलीले मतदान स्थलहरूको स्थलगत अनुगमन गरी उक्त वर्गीकरण गरेको हो। यसै क्रममा जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भई प्रत्यक्षतर्फका उम्मेदवारको मनोनयन प्रक्रिया पनि सम्पन्न भइसकेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ माघ २०८२, १५ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनका बुद्धिजीवीहरू रेनु दाहाललाई जिताउन एकजुट
चितवनमा निर्वाचनका लागि दुई हजार नौ सय बढी कर्मचारी परिचालन गरिने
चितवनमा नागरिकता त्याग्नेभन्दा गैर आवासीय नागरिकता लिने बढी
काँग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने
नेपाली कांग्रेस: चितवन– २ बाट प्रत्यक्षतर्फ १० जनाको नाम सिफारिस
एमाले महाधिवेशन: चितवनमा प्रतिनिधि छनोट सर्वसम्मत