सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सफल खबर संवाददाता

सोमबार, १४ बैशाख २०८३, ११ : ४०
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार तीन सय रुपैयाँले बढेर तीन लाख पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आइतबार सुन तोलामा दुई लाख ९९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ५० रुपैयाँले बढेर पाँच हजार ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो आइतबार चाँदी तोलामा चार हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो । 

प्रतिक्रिया दिनुहोस