प्रधानमन्त्री बालेनलाई निम्तो दिन भारतीय विदेश सचिव बैशाख २८ मा काठमाडौं आउने

सफल खबर संवाददाता

सोमबार, १४ बैशाख २०८३, ०९ : १३
प्रधानमन्त्री बालेनलाई निम्तो दिन भारतीय विदेश सचिव बैशाख २८ मा काठमाडौं आउने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई भारत भ्रमणको औपचारिक निम्तो दिन भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल आउने भएका छन् । 

उनी आगामी बैशाख २८ गते काठमाडौं आउने र २९ गते फर्किने कार्यतालिका बनेको छ । गत चैत २७ गते परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री एस जयशंकर बीच मेरिससको भएको भेटवार्तामा दुई देशबीच नेपालका प्राथमिकता अनुसारका कतिपय परियोजना र कार्यक्रम टुंग्गो लगाउने विषयमा छलफल भएको थियो । सोही क्रममा भारतीय विदेशमन्त्री जयशंकरले मिस्रीलाई नेपाल पठाउने प्रस्ताव गरेका थिए।

त्यसपछि मिश्रि नेपाल आउने र नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको औपचारिक निम्तो दिने गरी भारतले मिश्रि आउने कार्यतालिका नेपाललाई पठाईसकेको छ । नेपालले पनि मिश्रिको भ्रमण तालिकामा सहमति जनाई सन्देश पठाएपछि उनी बैशाख २८ मा नेपाल आउन लागेका हुन् । 
बालेन प्रधानमन्त्री बनेपछि भारतीय पक्षबाट मिश्रिको भ्रमण उच्चस्तरीय भ्रमण हुनेछ । उनले नेपालमा रहँदा नयाँ सरकारका प्राथमिकता बुझ्ने, नेपालले भारतसँग के अपेक्षा गरेको छ भन्ने जान्ने  र आगामी उच्चस्तरीय भ्रमणहरू (प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीको भारत भ्रमण) का लागि ठोस आधार तयार गर्ने हुने बताइएको छ । मिश्रि विदेश सचिव भएपछि उनको यो नेपालको दोस्रो औपचारिक भ्रमण हुनेछ ।

यस अगाडी उनी केपी ओलीको भारत भ्रमणको अन्तिम तयारी र निम्तो दिन काठमाडौं आएका थिए । यधपी, ओली भारत जाने तयारी भईरहेका बेला गत भदौं २३ र २४ मा नेपालमा जेनजी विद्रोह भएपछि ओली नेतृत्वको सरकार नै ढल्यो । जसकाकारण ओलीको भारत भ्रमण हुन सकेको थिएन । 

बालेन चाहान्थे रातो मछिन्द्रनाथको जात्रामा मोदीलाई नेपालमै निम्ताउने प्रधानमन्त्री बालेनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रातो मछिन्द्रनाथको जात्राको अवसर पारेर नेपालमै स्वागत गर्न चाहिरहेका थिए । वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथलाई रथारोहण गरेर शुरु गरिने रातो मछिन्द्रनाथको जात्राका बेला मोदीलाई बालेनले नेपालमा स्वागत गर्न चाहेका थिए । यधपी, यो पटक समय अभावका कारण मोदीलाई निम्ताउन असम्भब देखिएपछि उनी आफै पनि भारत जान तयार देखिएका हुन् । 

सुरुमा सुदूरपश्चिमको चाँदनी दोधारा सुख्खा बन्दरगाहमा केही दुईपक्षिय कार्यक्रम राख्ने र त्यहाँ मोदीसँग साइडलाइन वार्ता गर्ने तयारी पनि भएको थियो । तर अहिले २०६२÷०६३ पछि नेपालका तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको भारत भ्रमणका बेलामा जस्तै उच्च सम्मानका साथ भ्रमण हुने सुिनश्चित भए बालेन भारत भ्रमणमा जाने तयारीमा देखिएका छन् । तत्कालिन अवस्थामा गिरिजाप्रसाद कोइरालालाई इन्दिरा गान्धी विमानस्थलमा भारतका प्रधानमन्त्री मनमोहन सिहं आफै स्वागत गर्न आईपुगेका थिए ।

रास्वपाका नेताहरुले प्रधानमन्त्री बालेनको भारत भ्रमणका क्रममा बालेनलाई स्वागत गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैं विमानस्थल आउने वातावरण बनाउन चाहिरहेको । भारतमा पनि बालेनको लोकप्रियता र उनको भ्रमणमा जमघट बाक्लो देखिने मूल्यांकनका साथ बालेनले त्यस्तो अपेक्षा गरेको हुनसक्ने बुझाई पनि कुटनीतिक क्षेत्रमा छ ।

प्रतिक्रिया दिनुहोस