काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आजदेखि ३७ वर्षमा प्रवेश गरेका छन्। वि.सं. २०४७ साल वैशाख १४ गते काठमाडौंको नरदेवीमा जन्मिएका शाहको आइतबार आफ्नो जन्मदिन परेको छ ।
यस अवसरमा उनकी पत्नी सविना काफ्लेले सामाजिक सञ्जालमार्फत शुभकामना दिएकी छन्। उनले फेसबुकमा लेखेकी छन्, “सम्माननीयज्यूलाई जन्मदिनको हार्दिक शुभकामना।”
बुबा रामनारायण साह र आमा ध्रुवदेवी शाहका कान्छा सुपुत्रका रूपमा जन्मिएका शाहको पुर्ख्यौली घर महोत्तरीको एकडारा गाउँपालिका हो। बालेन २०८२ चैत १३ गते प्रधानमन्त्री बनेका हुन् ।
शाहले सरकारको नेतृत्व सम्हालेको एक महिना पूरा भइसकेको छ। उनको जन्मदिनको अवसरमा आइतबार बिहानैदेखि सामाजिक सञ्जालमा समर्थक, राजनीतिक सहकर्मी र सर्वसाधारणले शुभकामना दिइरहेका छन्। युवा प्रधानमन्त्रीबाट मुलुकले ठूलो परिवर्तनको अपेक्षा राखेको भन्दै धेरैले उनको सफल कार्यकालको कामना गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ बैशाख २०८३, ०८ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति
'प्रधानमन्त्रीलाई माफी मगाउने कि बोली सच्याउने' : विपक्षी दलभित्रै मतभेद
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
जनमत पार्टीद्वारा प्रधानमन्त्रीसमक्ष ११ बुँदे मागपत्र पेश, संघीय संरचना र समावेशितामा जोड