काठमाडौं । चितवन क्षेत्र नम्बर-३ मा निर्वाचनका लागि खटिएका कर्मचारीले भोट के मा हाल्नुभयो भन्दै मतदातालाई सोधेपछि पक्राउ गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार ती कर्मचारीलाई अहिले प्रहरीको नियन्त्रणमा राखिएको छ । उनी कार्यालय सहयोगी तहका कर्मचारी हुन् ।
उनले भोट दिइसकेका मतदातालाई केमा भोट दिनुभयो भन्दै सोधेको पाइएको अर्यालले बताए । यो चितवनको माडीको घटना हो । यो क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट रेनु दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सोबिता गौतम लगायत चुनावी प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ फागुन २०८२, १२ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा एम्बुलेन्स सेवा कडाइः ७ दिनभित्र दर्ता, १५ दिनभित्र GPS जडान अनिवार्य
चितवनमा प्रहरीको ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
चितवन–२ मा रास्वपा सभापति लामिछानेको अग्रता
चितवनका बुद्धिजीवीहरू रेनु दाहाललाई जिताउन एकजुट
चितवनमा निर्वाचनका लागि दुई हजार नौ सय बढी कर्मचारी परिचालन गरिने
चितवनमा मतदानस्थलको सुरक्षा मूल्यांकन सम्पन्न