चितवन । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि जिल्लामा दुई हजार ९६४ कर्मचारी परिचालन गरिने भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचनमा खटिने कर्मचारीको विवरण माग गरिसकिएको छ ।
माग भएको विवरणअनुसार निर्वाचनमा खटिने कर्मचारीको नामावली आउने क्रममा रहेको कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिए । ती कर्मचारी जिल्लामा रहेका ४९४ मतदान केन्द्रमा खटिने छन् । एउटा मतदान केन्द्रमा छ जना कर्मचारी परिचालन हुने छन् ।
उनका अनुसार एउटा मतदान केन्द्रमा तीन स्वयंसेवकसमेत परिचालन गरिने छ । मतदान अधिकृतले स्वयंसेवक परिचालन गर्ने छ । यसबाहेक जिल्लाका दुई स्थानमा अस्थायी मतदान केन्द्र रहने छन् । अस्थायी मतदान केन्द्रमा तीन कर्मचारी र दुईजना स्वयंसेवक खटिने छन् ।
जिल्लाका १६२ मतदान स्थल र ४९४ मतदान केन्द्रबाट ती कर्मचारी खटिने छन् । कार्कीका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ का भन्दा यस वर्ष हुने प्रतिनिधिसभा निर्वाचनमा ३३ हजार ७४० नयाँ मतदाता थपिएका छन् भने ३४ मतदान केन्द्र थपिएका छन् । जिल्लाको तीन निर्वाचन क्षेत्रमा चार लाख ४२ हजार ८२ जना मतदाता रहेका छन् । त्यसमा दुई लाख १७ हजार ३१४ पुरुष र दुई लाख २४ हजार ७६६ महिला एवं दुई तेस्रो लिंगी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १८ माघ २०८२, १५ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा प्रहरीको ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
चितवन–२ मा रास्वपा सभापति लामिछानेको अग्रता
चितवनमा निर्वाचन कर्मचारीले नै भोट के मा हाल्नुभयो भनेर सोधेपछि पक्राउ
चितवनका बुद्धिजीवीहरू रेनु दाहाललाई जिताउन एकजुट
चितवनमा मतदानस्थलको सुरक्षा मूल्यांकन सम्पन्न
चितवनमा नागरिकता त्याग्नेभन्दा गैर आवासीय नागरिकता लिने बढी