चितवन । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि जिल्लामा दुई हजार ९६४ कर्मचारी परिचालन गरिने भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचनमा खटिने कर्मचारीको विवरण माग गरिसकिएको छ ।
माग भएको विवरणअनुसार निर्वाचनमा खटिने कर्मचारीको नामावली आउने क्रममा रहेको कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिए । ती कर्मचारी जिल्लामा रहेका ४९४ मतदान केन्द्रमा खटिने छन् । एउटा मतदान केन्द्रमा छ जना कर्मचारी परिचालन हुने छन् ।
उनका अनुसार एउटा मतदान केन्द्रमा तीन स्वयंसेवकसमेत परिचालन गरिने छ । मतदान अधिकृतले स्वयंसेवक परिचालन गर्ने छ । यसबाहेक जिल्लाका दुई स्थानमा अस्थायी मतदान केन्द्र रहने छन् । अस्थायी मतदान केन्द्रमा तीन कर्मचारी र दुईजना स्वयंसेवक खटिने छन् ।
जिल्लाका १६२ मतदान स्थल र ४९४ मतदान केन्द्रबाट ती कर्मचारी खटिने छन् । कार्कीका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ का भन्दा यस वर्ष हुने प्रतिनिधिसभा निर्वाचनमा ३३ हजार ७४० नयाँ मतदाता थपिएका छन् भने ३४ मतदान केन्द्र थपिएका छन् । जिल्लाको तीन निर्वाचन क्षेत्रमा चार लाख ४२ हजार ८२ जना मतदाता रहेका छन् । त्यसमा दुई लाख १७ हजार ३१४ पुरुष र दुई लाख २४ हजार ७६६ महिला एवं दुई तेस्रो लिंगी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १८ माघ २०८२, १५ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा मतदानस्थलको सुरक्षा मूल्यांकन सम्पन्न
चितवनमा नागरिकता त्याग्नेभन्दा गैर आवासीय नागरिकता लिने बढी
काँग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने
नेपाली कांग्रेस: चितवन– २ बाट प्रत्यक्षतर्फ १० जनाको नाम सिफारिस
एमाले महाधिवेशन: चितवनमा प्रतिनिधि छनोट सर्वसम्मत
एनपीएलमा आज दुई खेल : पहिलो खेलमा चितवन र कर्णाली भिड्दै