काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीतर्फ सङ्केत गर्दै भोलिबाट हामीले खोप ल्यायौँ भन्ने तमासा सुरु हुने बताए ।
उनले आफूले सबै नेपालीलाई खोप सुनिश्चित गरेको दाबी गर्दै विभिन्न देशबाट खोप आउने सुनिश्चितताको फेहरिस्त सुनाए । उनले भने, ‘मलाई थाहा छ । भरे वा भोलि विहानबाट ल्याइदिएको खोप, लगाइरहेको खोप लगाएको फोटो खिचेर अघिल्लो सरकार गयो, हामीले खोप दिन थाल्यौं भनेर तमासा सुरु हुनेछ ।’
सिंहदरबार छाड्नुअघि नेपाली जनतालाई सम्बोधन गर्दै एमाले अध्यक्ष समेत रहेका ओलीले १ करोड ३१ लाख मात्रा खोप सुनिश्चित भएको र २ करोड भन्दा बढी खरिदको प्रक्रिया रहेको दावी गरे । उनले भने, ‘अब हामीलाई खोपको अभाव छैन, खोपको सुनिश्चितता भइसकेको छ ।’
आफ्नो नेतृत्वको सरकारले बन्दोबस्त गरेको खोपलाई नयाँ सरकारले आफूले ल्याएको भनेर प्रचार गर्न सक्ने उनको दावी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ असार २०७८, १५ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सदस्यता व्यवस्थापन केन्द्रित एमालेको राष्ट्रिय कार्यशालामा ओलीको सहभागिता रहने
नयाँ र पुरानाको नाममा नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र जारी छ : ओली
ओलीलाई अष्टलक्ष्मीको सुझाव- ‘यही बैठकबाट बिदा लिनुस्
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश
ओली र लेखकको हिरासत अवधि पाँच दिन थप