काठमाडौं । सत्तासिन दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज दिउँसो पाँचदिने भारत भ्रमणमा प्रस्थान गर्दैछन्। भारतीय जनता पार्टी (भाजपा)का नेता नितिन नविन को निमन्त्रणामा हुने भ्रमणमा लामिछानेले भारतीय उच्च राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।
रास्वपाले आइतबार राति जारी गरेको विज्ञप्तिअनुसार जेठ १८ देखि २२ गतेसम्म हुने भ्रमणमा लामिछानेसँगै उनकी पत्नी निकिता पौडेल, सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहोरा र प्रदीप आचार्य सहभागी छन्। भ्रमण टोलीमा सभापति लामिछानेका निकट मानिएका नेताहरू मात्र समेटिएको छ।
रवि लामिछानेको भारत भ्रमण राजनीतिक, कूटनीतिक र रणनीतिक दृष्टिले महत्त्वपूर्ण मानिएको बेला प्रधानमन्त्रीबाट आएको यो अभिव्यक्तिले भ्रमणको मूल एजेन्डाभन्दा बढी चर्चा सीमा विवाद र कूटनीतिक संवेदनशीलतामाथि केन्द्रित गरिदिएको छ। भारतलाई लामिछानेले दिने सन्देशलाई व्रेक लगाउन प्रधानमन्त्रीले कुनै सन्देश प्रवाह गर्न खोजेको हुनसक्ने अर्थमा पनि कतिपयले लिएका छन् ।
पार्टी स्रोतका अनुसार भारत भ्रमणका क्रममा लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर लगायत भाजपा नेतृत्वसँग भेटघाट गर्ने तयारी छ। यद्यपि, ती भेटवार्ताको औपचारिक कार्यसूची सार्वजनिक गरिएको छैन। लामिछाने भारत प्रस्थान गर्नुअघि नै अर्को विषयले राजनीतिक वृत्त तताएको छ। रास्वपाकै वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आइतबार प्रतिनिधिसभामा दिएको अभिव्यक्तिलाई लिएर व्यापक बहस सुरु भएको छ। प्रधानमन्त्री बनेपछि संसदमा विरलै उपस्थित हुने शाह आइतबार अचानक प्रतिनिधिसभामा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिन तयार रहेको बताएका थिए। सो क्रममा उनले सीमा विवाद, कूटनीति र चीनको विकास अवस्थाबारे दिएका केही टिप्पणी विवादको केन्द्रमा परे।
उनका मुख्य तीन अभिव्यक्ति चर्चामा रहे -
- भारतले मात्र होइन, नेपालले पनि भारतको भूमि मिचेको रहेछ।
- सीमा विवाद समाधानका लागि इङ्ग्ल्यान्ड सरकारसँग पनि कुरा भइरहेको छ।
- चीन भर्खरै मात्र विकासशीलबाट विकसित देशमा पुगेको हो।
किन उठ्यो प्रश्न ?
यीमध्ये पहिलो अभिव्यक्तिलाई सबैभन्दा गम्भीर मानिएको छ। नेपाल-भारत सीमा विवादको सन्दर्भमा भारतले लामो समयदेखि विभिन्न दाबी गर्दै आए पनि नेपालले भारतको भूमि अतिक्रमण गरेको आधिकारिक दाबी भारतीय पक्षबाट अहिलेसम्म सार्वजनिक रूपमा आएको छैन। यस्तो अवस्थामा नेपालका प्रधानमन्त्रीले संसदको रोष्ट्रमबाट नेपालले पनि भारतको भूमि मिचेको रहेछ भन्ने अभिव्यक्ति दिनुले नेपालको कूटनीतिक अडान, वार्ताक्षमता र सीमा विवादसम्बन्धी स्थापित राष्ट्रिय धारणा कमजोर पार्न सक्ने टिप्पणी हुन थालेको छ।
दोस्रो अभिव्यक्तिमा पनि प्रश्न उठेको छ। अन्तर्राष्ट्रिय सम्बन्धको सन्दर्भमा ‘इङ्ग्ल्यान्ड सरकार’ भन्ने संरचना अस्तित्वमा छैन। नेपालको औपचारिक कूटनीतिक सम्बन्ध युनाइटेड किन्डम सँग छ, इङ्ग्ल्यान्डसँग होइन। त्यसैले प्रधानमन्त्रीको अभिव्यक्ति तथ्यगत रूपमा पनि कमजोर देखिएको छ। तेस्रो अभिव्यक्तिमा चीनलाई भर्खरै मात्र विकसित देश बनेको भनेर गरिएको टिप्पणी पनि विवादित छ। चीनले आफूलाई अझै विकासशील देशकै रूपमा प्रस्तुत गर्दै आएको छ, यद्यपि विश्व अर्थतन्त्रमा उसको प्रभाव विकसित मुलुकसरह मानिन्छ।
संयोग कि नियोजित ?
प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति र सभापति लामिछानेको भारत भ्रमणबीचको समय मिलानलाई लिएर राजनीतिक वृत्तमा विभिन्न प्रश्न उठ्न थालेका छन्। संसदमा लामो समय मौन रहेका प्रधानमन्त्री अचानक पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणको पूर्वसन्ध्यामा उपस्थित हुनु, सीमा जस्तो संवेदनशील विषयमा विवादास्पद टिप्पणी गर्नु र त्यसको चर्चा राष्ट्रिय बहसको विषय बन्नुले अनेक अड्कलबाजी जन्माएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार प्रधानमन्त्रीको अभिव्यक्तिले भारत भ्रमणमा जान लागेका लामिछानेलाई असहज स्थिति सिर्जना गर्न सक्छ। विशेषतः भारतीय सञ्चारमाध्यम वा राजनीतिक नेतृत्वबाट प्रधानमन्त्रीको भनाइबारे प्रश्न उठेमा त्यसको जवाफ दिन रास्वपा नेतृत्वलाई कठिन हुन सक्छ। प्रधानमन्त्रीको अभिव्यक्तिपछि परराष्ट्र मन्त्रालयले सीमा क्षेत्रका विषयमा स्पष्टीकरण दिने प्रयास त गरेको छ। तर राजनीतिक तहमा उठेको बहस भने तत्काल साम्य हुने संकेत देखिँदैन। प्रधानमन्त्रीको भनाइ व्यक्तिगत धारणा थियो वा सरकारको आधिकारिक दृष्टिकोण, त्यसबारे स्पष्टता आउन बाँकी छ। प्रधानमन्त्री जस्तो ब्यक्तिले संसदको रोष्टममा उभिएर दिने अभिब्यक्तिलाई ब्यक्तिगत धारणा भनेर पन्छिन मिल्दैन ।
रवि लामिछानेको भारत भ्रमण राजनीतिक, कूटनीतिक र रणनीतिक दृष्टिले महत्त्वपूर्ण मानिएको बेला प्रधानमन्त्रीबाट आएको यो अभिव्यक्तिले भ्रमणको मूल एजेन्डाभन्दा बढी चर्चा सीमा विवाद र कूटनीतिक संवेदनशीलतामाथि केन्द्रित गरिदिएको छ। भारतलाई लामिछानेले दिने सन्देशलाई व्रेक लगाउन प्रधानमन्त्रीले कुनै सन्देश प्रवाह गर्न खोजेको हुनसक्ने अर्थमा पनि कतिपयले लिएका छन् । यधपी प्रधानमन्त्रीको त्यस्तो विवादास्पद अभिब्यीक्तले भारतीय पक्षलाई त खुशी बनाउँला तर नेपालको स्वाधिनता पक्षधर नेपालीलाई भने सधैका लागि विझाईरहने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ जेठ २०८३, ०८ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जवाफ दिन रोष्ट्रममा प्रधानमन्त्री, विपक्षीले गरे नियमापत्ति
महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री शाह
बजेट प्रस्तुतपछि राति प्रधानमन्त्री बालेनले फेसबुकमा लेखे: ‘ढुक्क हुनुस्’
गणतन्त्र समारोहमा प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने
गणतन्त्र दिवसमा प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्नुपर्ने पूर्वराष्ट्रपति राष्ट्रपति यादवको धारणा
प्रधानमन्त्रीले भोलि इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने