काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरे पनि उनीहरूलाई राहत मिल्ने गरी फैसला सुनाएको छ । अदालतले दुवैको अब म्याद नथप्ने परमादेश जारी गर्यो ।
अदालतले ओली–लेखकको पक्राउ गैरकानूनी ठहर गरेन । फौजदारी कसूरको अनुसन्धान तहकिकातको सिलसिलामा अदालतबाट म्याद थप भई न्यायिक हिरासतमा राखिएको कार्यलाई कानून प्रतिकूल भन्न नमिल्ने फैसला आदेशमा उल्लेख छ ।
तथापि, इजलाससमक्ष प्राप्त अनुसन्धान सम्बन्धी फाइल/मिसिल हेर्दा निवेदकहरूको बयानलगायत अनुसन्धानका अन्य कार्यसमेत सम्पन्न भइसकेको अदालतले बताएको छ ।
छानबिन प्रतिवेदनले कारबाहीका लागि सिफारिस गरिएकामध्ये तत्कालीन काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालसमेत अनुसन्धानका लागि पक्राउ परेकोमा जिम्मा जमानीमा छोडिएको सन्दर्भ कोट्याइएको छ ।
ओली र लेखकको हकमा दुवै जना आफ्ना पिता र माताको निधनपश्चात् अशौचमा रहेको तथा ओली जटिल बिरामीका कारण त्रिवि अस्पतालमा भर्ना भई उपचाररत रहेको समेतका समग्र आधार प्रमाणहरूलाई विचार गर्दा प्रस्तुत मुद्दाको अनुसन्धान प्रक्रिया छिटो टुंगो लगाउनु वाञ्छनीय देखिने अदालतको तर्क छ ।
२१ गतेदेखि लागू हुने गरी तेस्रो पटक ५ दिनको म्याद थप गर्ने काठमाडौं जिल्ला अदालतको आदेशअनुसारको समयावधिमा अनुसन्धान सम्पन्न भई मुद्दा चल्ने वा नचल्ने निर्णय भएमा सोही अनुसार गर्न भनिएको छ ।
त्यसो पनि हुन नसकेमा तेस्रो पटक म्याद थपको अवधि उप्रान्त दुवै रिट निवेदकलाई हिरासतमुक्त गरी थप अनुसन्धान तहकिकातको कार्य सम्पन्न गर्न अदालतले परमादेश दिएको हो ।
ओली र लेखकको गत २२ चैतमा तेस्रो पटकका लागि ५ दिन म्याद थप गरिएको थियो, जुन २१ गतेदेखि गणना हुन्छ । यो म्याद २६ गतेसम्म कायम रहने छ । त्यस उप्रान्त भने म्याद नथप्न अदालतले परमादेश दिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ चैत्र २०८२, १९ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली र लेखकको हिरासत अवधि पाँच दिन थप
ओलीसँग अस्पतालमै बयान लिइँदै, २ दिन थुनामा राख्ने अनुमति
ओलीलाई पनि छोड्न सर्वोच्चद्वारा अस्वीकार, कारण देखाऊ आदेश जारी
ओलीको रिटमा सोमबार सुनुवाइ हुने
ओली र लेखकलाई आज अदालतमा उपस्थित गराइँदै
कार्की आयोगको सिफारिस ‘चरम पूर्वाग्रह’: अध्यक्ष ओली