एजेन्सी । जुनको सुरुवातसँगै भारतमा आम उपभोक्ताको दैनिक जीवनमा प्रत्यक्ष असर पार्ने गरी केही महत्वपूर्ण परिवर्तनहरू भएका छन्।
तेल कम्पनीहरूले आजैदेखि लागू हुने गरी कमर्सियल एलपीजी ग्यास सिलिन्डरको मूल्यमा प्रति सिलिन्डर ५३.५० रुपैयाँसम्मको वृद्धि गरेका छन्। यो वृद्धिसँगै दिल्लीमा कमर्सियल सिलिन्डरको मूल्य ३११३.५० रुपैयाँ पुगेको छ, जुन यसअघि ३०७१.५० रुपैयाँ थियो।
व्यावसायिक सिलिन्डरको मूल्य बढेसँगै रेस्टुरेन्ट, होटल र क्याटरिङ व्यवसाय महँगो हुने भारतीय सञ्चारमाध्यम दैनिक भास्करले समाचारमा उल्लेख गरेको छ। कमर्सियल ग्याससँगै ५ किलोको एफटीएल अर्थात् 'छोटु' सिलिन्डरको मूल्यमा पनि ११ रुपैयाँको बढोत्तरी गरिएको छ।
अब यो सिलिन्डर ८२१.५० रुपैयाँमा उपलब्ध हुनेछ। घरेलु प्रयोजनका लागि प्रयोग हुने ग्यास सिलिन्डरको मूल्यमा भने कुनै परिवर्तन गरिएको छैन।
केन्द्र सरकारले पेट्रोल, डिजेल र हवाई इन्धनमा लाग्ने निर्यात शुल्क भने घटाएको छ। नयाँ दर अनुसार पेट्रोलमा १.५ रुपैयाँ, डिजेलमा १३.५ रुपैयाँ र हवाई इन्धनमा ९.५ रुपैयाँ प्रति लिटर निर्यात शुल्क तय गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ जेठ २०८३, ०७ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
ग्यास वितरण पारदर्शी बनाउन चितवन प्रशासनद्वारा नयाँ व्यवस्था
खाना पकाउने ग्यासको अभाव देखिएपछि विभागले अनुगमन गर्दै
रुपन्देहीमा ग्यास सिलिन्डर विस्फोट, युवकको मृत्यु
ग्यास सिलिन्डर पड्किँदा आगलागी