काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा उपचाररत एमाले अध्यक्ष केपी शर्मा ओली शनिबार साँझ डिस्चार्ज भएका छन् । सबै स्वास्थ्य ठिक भएसँगै उनलाई चिकित्सकले डिस्चार्ज गरेको ओलीको सचिवालयले जनाएको छ ।
ओलीको चैत ३० गते पित्तथैलीमा देखिएको पत्थरीको शल्यक्रिया गरिएको थियो । त्यसपघि जेनजी आन्दोलन जाँचबुझ प्रतिवेदनको सिफारिसबमोजिम ओलीलाई प्रहरीले चैत १३ गते भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरेको थियो ।
स्वास्थ्यमा समस्या आएको भन्दै उनी सोही दिनदेखि अस्पतालमा भर्ना गरिएका थिए । अदालतको आदेशमा ओली पक्राउ पछि रिहा भने भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ बैशाख २०८३, २० : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सदस्यता व्यवस्थापन केन्द्रित एमालेको राष्ट्रिय कार्यशालामा ओलीको सहभागिता रहने
नयाँ र पुरानाको नाममा नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र जारी छ : ओली
ओलीलाई अष्टलक्ष्मीको सुझाव- ‘यही बैठकबाट बिदा लिनुस्
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश
ओली र लेखकको हिरासत अवधि पाँच दिन थप
ओलीसँग अस्पतालमै बयान लिइँदै, २ दिन थुनामा राख्ने अनुमति