विराटनगर । नेपाली कांग्रेस सभापति गगन थापाले पार्टीको विधान अनुसार नचल्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।
शनिबार बिहान डाक्टर शेखर कोइराला निवास पुगेर पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । उनले सदस्यता नवीकरणमा कुनै असहजता नरहेको दाबी गर्दै नविकरणमा अवरोध गर्नेहरूलाई जिम्मेवारीबाट मुक्त गरिने बताए ।
‘कुनै पनि तहबाट कसैले पनि सदस्यता अद्यावधिकमा अवरोध सिर्जना गर्नुभयो भने पार्टीको विधान अनुसार साथीलाई ‘धन्यवाद’ भनेर मैले अर्को साथीलाई जिम्मेवारी दिन्छु’,उनले भने,‘ त्यो प्रक्रिया प्रारम्भ भइसकेको छ, पार्टीको क्रियाशील सदस्यको तथ्याङ्क केन्द्रसँग हुनु भनेको भोलि उम्मेदवार छान्ने बेला र सूचना पाउने बेला सदस्यको अधिकार बलियो हुनु हो । यसमा कसैले अवरोध सिर्जना गर्नुहुन्न भन्ने विश्वास छ ।’
उनले पार्टीका सबै संयन्त्रहरू सहमति र सल्लाहकै आधारमा बनाउन आफू तयार रहेको समेत स्पष्ट पारे । ‘पार्टीको सबै नेताहरूले को–को राख्दा चित्त बुझ्छ भन्नुस्, ती सबै राख्न म तयार छु’, उनले भने,‘पार्टीको सदस्यता व्यवस्थापन समिति पनि सल्लाहले बनाउने, पार्टीको अनुशासन समिति सल्लाहले बनाउने, पार्टीको निर्वाचन समिति सल्लाहले बनाउने, चाहेको जति नेताहरू पार्टीको केन्द्रीय समितिभित्र आएर बस्ने वातावरण बनाउने भनिसकेपछि अब कि त अनुहार मन पर्दैन भन्नुपर्यो, त्योभन्दा बाहेक बाँकी रहेको भन्ने ठाउँ चाहिँ केही पनि छैन।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ जेठ २०८३, ११ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा
प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा
‘नागरिकको सर्वोच्चता काँग्रेसको पहिलो प्राथमिकता हो’: गगन थापा
बकर इद सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश दिन सफल : गगन थापा
देशका मूल मुद्दामा केन्द्रित हुनुपर्नेमा गगन थापाको जोड
गगन थापाको अभिव्यक्तिप्रति पूर्णबहादुर खड्काकाे आपत्ति