काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को प्रतिनिधिसभा बैठकमा भएको उपस्थितिसम्बन्धी प्रक्रिया र सीमा विवादबारे व्यक्त गरिएको भनाइप्रति प्रश्न उठाएका छन्।
प्रतिनिधिसभा बैठकमा धारणा राख्दै साम्पाङले संसद् सदस्यहरूको उपस्थितिसम्बन्धी व्यवस्थातर्फ ध्यानाकर्षण गराएका हुन्। प्रतिनिधिसभा नियमावलीमा बैठकमा सहभागी हुनुअघि सदस्यले हाजिरी पुस्तिका वा विद्युतीय प्रणालीमार्फत उपस्थिति जनाउनुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीले सो प्रक्रिया पूरा गरेको वा नगरेकोबारे जिज्ञासा व्यक्त गरे।
उनले संसदीय सदस्यताको वैधानिकता उपस्थितिसँग जोडिएको विषय भएको तर्क गर्दै आवश्यक प्रक्रिया पूरा नभएको अवस्थामा त्यसको संवैधानिक र कानुनी प्रभावबारे समेत प्रश्न उठाए।
साम्पाङले प्रधानमन्त्रीले संसद्मा व्यक्त गरेको सीमा सम्बन्धी भनाइबारे पनि स्पष्ट जवाफ दिनुपर्ने धारणा राखे। नेपालले भारतको भूमि प्रयोग वा अतिक्रमण गरेको भनाइको आधार, तथ्य तथा सम्बन्धित विवरण सार्वजनिक गर्नुपर्ने उनको माग थियो।
उनले उक्त अभिव्यक्ति तथ्यमा आधारित नभएको खण्डमा प्रधानमन्त्रीले संसद् समक्ष स्पष्टीकरण दिनुका साथै आवश्यक परे क्षमायाचना गर्नुपर्ने धारणा समेत व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ जेठ २०८३, १५ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिले अन्तर्राष्ट्रिय जगत्मा नेपालको छवि धमिल्यायो : हर्क साम्पाङ
प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति हर्क साम्पाङको आपत्ति
‘इम्पोर्टेन्ट काम छ’ भन्दै अर्थमन्त्रीले बजेट भाषण गर्दा बीचमा उठेर हिँडे हर्क साम्पाङ
हर्क साम्पाङद्वारा कुलमान घिसिङसँग पार्टी एकताको प्रस्ताव
हर्क साम्पाङद्वारा धनबहादुर राईलाई धरानको मेयरको उम्मेदवारका रुपमा अघि सार्ने घोषणा
प्रधानमन्त्री नआएपछि हर्क साम्पाङद्वारा संसद बैठक बहिस्कार