काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले प्रतिनिधिसभामा नेपाल-भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्तिविरुद्ध विद्यार्थी संगठनहरूले काठमाडौँमा प्रदर्शन गरेका छन्।
अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालसँग आबद्ध विद्यार्थीहरूले आइतबार साँझ रत्न राज्यलक्ष्मी क्याम्पसबाट मसाल जुलुस निकालेका हुन्। प्रदर्शनकारीहरूले प्रधानमन्त्री शाहको संसदमा व्यक्त गरेको सीमा सम्बन्धी भनाइप्रति असहमति जनाउँदै नाराबाजी गरेका थिए।
प्रदर्शन रत्न राज्यलक्ष्मी क्याम्पसबाट सुरु भई प्रदर्शनी मार्ग क्षेत्रतर्फ अघि बढेको थियो। प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच केहीबेर तनावको अवस्था सिर्जना भएको तथा नेपाल प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको प्रत्यक्षदर्शी तथा सार्वजनिक भिडियोहरूमा देखिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ जेठ २०८३, २० : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सडकमा विद्यार्थी संगठन , बालेन सरकारमाथि अधिनायकवादको आरोप
विद्यार्थी संगठन खारेज गर्ने निर्णयविरुद्ध पूर्णबहादुर खड्काको आपत्ति
१६ विद्यार्थी संगठनद्वारा ५ बुँदे माग अघि सार्दै संयुक्त प्रेस विज्ञप्ति जारी
सबै विश्वविद्यालयमा स्ववियु निर्वाचन हुनुपर्ने १२ विद्यार्थी संगठनको माग