दुई घण्टा ढिलो गरी संसद् बैठक सुरु, आज पनि विपक्षीको अवरोध

सफल खबर संवाददाता

मंगलबार, १९ जेठ २०८३, १५ : २८
दुई घण्टा ढिलो गरी संसद् बैठक सुरु, आज पनि विपक्षीको अवरोध

काठमाडौँ। प्रतिनिधि सभा बैठकमा आज पनि विपक्षी दलहरूले अवरोध गरेका छन् । दुई घण्टा ढिलो गरी सुरु भएको बैठकमा अहिले विपक्षी दलहरू उठेर विरोध गरिरहेका छन् ।

दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक ३ बजे मात्रै सुरु भएको हो । विपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सीमा विवादबारे दिएको अभिव्यक्तिको तथ्य माग गर्दै आएका छन् । बिना तथ्य बोलेको हो भने माफी माग्नुपर्ने विपक्षी दलहरूको अडान छ ।

तर सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यसमा तयार भएका छैनन् । आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने लगायतका कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस