काठमाडौँ । पूर्व सभामुख कृष्णबहादुर महरा विरुद्ध दायर भ्रष्टाचार मुद्दामा विशेष अदालतले एक लाख रुपैयाँ धरौटीमा रिहा हुने आदेश दिएको छ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्य विदुर कोइराला सम्मिलित इजलासले थुनछेक बहस सम्पन्न भएपछि उक्त आदेश जारी गरेको हो।
महरा विद्युतीय चुरोट (भेप) भित्र लुकाएर नेपाल भित्र्याइएको सुन तस्करी प्रकरणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा प्रतिवादी बनाइएका छन्। यस प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महरासहित भन्सार प्रशासनसँग सम्बन्धित केही अधिकृतविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको थियो।
आयोगले दायर गरेको मुद्दामा सात करोड ७८ लाख रुपैयाँभन्दा बढी रकम बराबरको भ्रष्टाचार भएको दाबी गरिएको छ। अदालतको आदेशसँगै महराले तोकिएको धरौटी रकम बुझाएर मुद्दाको थप प्रक्रिया बाहिरबाटै सामना गर्न पाउने एका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ जेठ २०८३, १८ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२० लाख धरौटी बुझाएर रिहा भए पूर्वसभामुख महरा
पूर्वसभामुख महरालाई थुनामा पठाउने आदेश
सुन तस्करीमा संलग्न नभएको भन्दै कृष्णबहादुर महरा दिए इन्कारी बयान
कृष्णबहादुर महरालाई अदालत उपस्थित गराइँदै
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ