काठमाडौं । जसपाको उपेन्द्र यादव पक्षले शुक्रबार सार्वजनिक गरेको राजनीतिक प्रतिवेदनमा केपी ओली नेतृत्वको सरकारबाट केही प्रशासनिक माग सम्बाेधन भएपनि राजनीतिक माग मुद्दा सम्बोधन हुन्छ भनि सोच्नु हानिकारक भएको निष्कर्ष निकालेको छ ।
जसपाकै महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले ओली सरकारले आफ्ना माग मुद्दा सम्बोधन गरेको भन्दै सरकारमा जान तयार रहेको बेला यादव पक्षले यस्तो निष्कर्ष निकालेको हो ।
यादव पक्षले पास गरेको राजनीतिक प्रतिवेदनमा ओलीको आलोचना गर्दै संवैधानिक व्यवस्थाको ओभरल्यापलाई पुनः लिकमा ल्याउन काँग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्षसँग सहकार्य गर्न जरुरी रहेको उल्लेख छ । नागरिक दैनिकले खबर छापेको छ।


प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १५ जेठ २०७८, ०७ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै
समाजवादी युवा सङ्घका केन्द्रीय अध्यक्ष नै जसपा नेपालमा