काठमाडौँ । नेपाली काँग्रेसका सांसद जगत तिमिल्सिनाले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सदस्यता दिएको विषयमा राष्ट्रिय मानव अधिकार आयोग तथा सम्बन्धित निकायले चासो दिनुपर्ने बताएका छन्।
सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सां सदतिमिल्सिनाले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सदस्यता दिएको विषयमा राष्ट्रिय मानव अधिकार आयोग तथा सम्बन्धित निकायले चासो दिनुपर्ने बताएका छन्।
सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद तिमिल्सिनाले बालबालिकालाई राजनीतिक दलको सदस्य बनाइएको विषय नेपालको संविधान, प्रचलित कानुन तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्थासँग मेल खाने वा नखानेबारे सम्बन्धित निकायले आवश्यक अध्ययन र ध्यान दिनुपर्ने धारणा राखे।
उनले रास्वपाले बालबालिकालाई सदस्यता दिएको विषय उठाउँदै त्यसबारे राष्ट्रिय मानव अधिकार आयोगलगायत सम्बन्धित निकायको ध्यानाकर्षण गराए।
चितवनमा हालै सम्पन्न रास्वपाको प्रथम महाधिवेशनमा प्रस्तुत सांगठनिक प्रतिवेदनअनुसार पार्टीमा ५ लाख २३ हजार ४६५ सदस्य रहेका छन्। प्रतिवेदनमा १८ वर्षभन्दा कम उमेरका ३५ हजार २५७ जना सदस्य रहेको उल्लेख गरिएको छ, जुन कुल सदस्य संख्याको ६.७ प्रतिशत हो।
सांसद तिमिल्सनाले सार्वजनिक गरिएको यही तथ्यलाई आधार बनाउँदै सम्बन्धित निकायबाट आवश्यक अध्ययन र पहल हुनुपर्ने धारणा व्यक्त गरेका हुन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ असार २०८३, १३ : ४१
लेखकबाट थप