कार्यसम्पादनमा देशकै उत्कृष्ट बन्यो लुम्बिनी प्रदेश प्रहरी

सफल खबर संवाददाता

शनिबार, १३ असार २०८३, १९ : १६
कार्यसम्पादनमा देशकै उत्कृष्ट बन्यो लुम्बिनी प्रदेश प्रहरी

बुटवल। प्रहरी नायब महानिरीक्षक (डीआईजी) भूपेन्द्र खत्रीको नेतृत्वमा रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले नेपाल प्रहरीको आन्तरिक कार्यसम्पादन मूल्याङ्कनमा देशभर पहिलो स्थान हासिल गरेको छ।

सीमा सुरक्षा, अपराध नियन्त्रण तथा मानव बेचबिखनविरुद्ध प्रभावकारी कार्यसम्पादन गर्दै उत्कृष्ट नतिजा हासिल गरेको लुम्बिनी प्रदेश प्रहरीले सेवा प्रवाहलाई थप सहज, छिटोछरितो र प्रभावकारी बनाउन विभिन्न प्रविधिमैत्री प्रणाली लागू गरेको छ।

कार्यालयले डिजिटल उजुरी प्रणाली सञ्चालनमा ल्याउनुका साथै सेवाग्राहीलाई एसएमएसमार्फत आवश्यक जानकारी उपलब्ध गराउने व्यवस्था विस्तार गरेको छ। यसले प्रहरी सेवाप्रतिको पहुँच र पारदर्शिता बढाएको विश्वास गरिएको छ।

त्यसैगरी, साइबर अपराध नियन्त्रण, सार्वजनिक सुरक्षा प्रवर्द्धन तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘ह्याक फर सेफ्टी’ जस्ता कार्यक्रम सञ्चालन गरी आधुनिक र प्रविधिमैत्री प्रहरी सेवाको नयाँ अभ्यास सुरु गरिएको छ।

उल्लेखनीय उपलब्धि, प्रभावकारी नेतृत्व र प्रविधिको प्रयोगमार्फत लुम्बिनी प्रदेश प्रहरीले नेपाल प्रहरीभित्र उत्कृष्ट कार्यसम्पादनको उदाहरण स्थापित गरेको छ।

प्रतिक्रिया दिनुहोस