काठमाडौँ । राष्ट्रिय धान दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कृषि क्षेत्रलाई प्राथमिकतामा राखी किसान केन्द्रित नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेका छन्।
उनले धान रोपाइँको व्यस्त समयमा समेत किसानले रासायनिक मल, गुणस्तरीय बीउबिजन, सिँचाइ सुविधा तथा अन्य आवश्यक कृषि सामग्री सहज रूपमा प्राप्त गर्न नसकेको उल्लेख गर्दै यसतर्फ सरकारको ध्यान जानुपर्ने बताएका छन्। कृषि उत्पादन अभिवृद्धि गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने लक्ष्य हासिल गर्न किसानमैत्री नीति अवलम्बन अपरिहार्य रहेको उनको धारणा छ।
शुभकामना सन्देशमार्फत उनले नेपालको अर्थतन्त्रमा कृषिको आधारभूत भूमिका रहेको उल्लेख गर्दै खाद्य सुरक्षादेखि समग्र आर्थिक समृद्धिसम्मको आधार श्रमजीवी किसानको मेहनत, लगनशीलता र योगदानमा निर्भर रहेको बताएका छन्। कृषि क्षेत्रको विकास र उत्पादन वृद्धिका लागि आवश्यक नीतिगत तथा कार्यान्वयनगत सुधारमा सरकारले विशेष प्राथमिकता दिनुपर्ने आवश्यकता उनले औँल्याएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ असार २०८३, १२ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आधुनिक प्रविधिको प्रदर्शन, ड्रोनबाट मल छर्ने र मेसिनबाट रोपाइँ गर्ने अभ्यास