एजेन्सी । शक्तिशाली भूकम्प गएको केही दिनपछि भेनेजुएलामा भग्नावशेषबाट जीवितै उद्धार गरिएका केही ‘चमत्कारी’ घटनाहरू सार्वजनिक भएका छन् । गत बुधबार ३९ सेकेन्डको अन्तरालमा गएका ७.२ र ७.५ म्याग्निच्युडका दुईवटा शक्तिशाली भूकम्पका कारण सयौँ भवनहरू भत्किएका छन् भने हजारौँ मानिस अझै बेपत्ता छन् ।
भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजका अनुसार सप्ताहन्तमा मात्रै भग्नावशेषबाट ३३ जनालाई जीवितै बाहिर निकालिएको छ । जीवितै उद्धार गरिएकामा दुई जना ११ वर्षीय बालक छन् । उनीहरूलाई आइतबार दुई फरक-फरक भत्किएका भवनबाट केही घण्टाको अन्तरालमा उद्धार गरिएको हो ।
उद्धार गरिएका ११ वर्षीय बालक मोइसेस करिब ९.८ फिट (३ मिटर) गहिरो भग्नावशेषमा पुरिएका थिए । कोलम्बियाको विपद् जोखिम व्यवस्थापन एकाइका अनुसार टोलीले ६ घण्टाको कडा मिहिनेतपछि उनलाई बाहिर निकाल्न सफल भएको थियो ।
मोइसेसलाई उद्धार गर्दा आँखालाई घामबाट जोगाउन पट्टी बाँधिएको थियो । रोयटर्सका अनुसार मोइसेस भेटिएको स्थान नजिकै उनकी आमा र दिदी मृत फेला परेका थिए । त्यसको केही घण्टापछि काराबालेडा सहरबाट अर्का ११ वर्षीय बालकको पनि जीवितै उद्धार गरिएको भिडियो राष्ट्रपति रोड्रिगेजले सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् । उनले लेखेकी छन्, “यो घडीमा प्रत्येक नागरिकको जीवन भेनेजुएलाका लागि आशाको किरण हो ।”
विपद्को पहिलो ४८ देखि ७२ घण्टालाई जीवितै उद्धारका लागि महत्त्वपूर्ण समय मानिन्छ । यो समय घर्किसकेकाले थप मानिस जीवितै पाउने आशा क्षीण बन्दै गएको छ । यद्यपि, उद्धारकर्मीले आश मारिसकेका छैनन् । आइतबार नै फ्रान्सेली र अमेरिकी टोलीले काराबालेडामा एक बुबा र उनका किशोर छोरालाई जीवितै उद्धार गरेका छन् ।
बढ्दो आक्रोश र परकम्पको त्रास
भूकम्पबाट सबैभन्दा बढी प्रभावित तटीय क्षेत्र ला गुइरा बनेको छ । लगातार गइरहेका परकम्पहरूका कारण स्थानीय त्रसित छन् र यसले उद्धार कार्यमा समेत बाधा पुर्याइरहेको छ । सरकारको सुस्त र फितलो उद्धार प्रक्रियालाई लिएर स्थानीयमा आक्रोश बढ्दो छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १५ असार २०८३, ०७ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते
भेनेजुएलाकी कोरिना मचाडोले राष्ट्रपति ट्रम्पलाई दिइन् आफ्नो नोबेल शान्ति पुरस्कार
ट्रम्पले आफूलाई गरे ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ घोषणा
अमेरिकी आक्रमणबाट भेनेजुएलामा १०० जनाको मृत्यु
भेनेजुएलाले अमेरिकालाई ५ करोड ब्यारेल तेल दिने
भेनेजुएलाको कार्यकारी राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति रोड्रिगेजलाई