काठमाडौँ । नेकपा (एमाले)की राष्ट्रिय सभा सदस्य मिना सिंह रखालले धान रोपाइँको समयमा किसानहरूले आवश्यक बिउसमेत सुरक्षित राख्न नसक्ने अवस्था सिर्जना भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।
सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले राष्ट्रिय धान दिवसको शुभकामना व्यक्त गर्दै कृषकहरूले भोगिरहेका व्यावहारिक समस्यातर्फ सरकारको गम्भीर ध्यान जानुपर्ने आवश्यकता औँल्याइन्।
उनले मुलुकका केही क्षेत्रमा सिँचाइका लागि पर्याप्त पानीको अभाव रहेको, भने अन्य स्थानमा अत्यधिक वर्षाका कारण खेतीपाती प्रभावित भएको उल्लेख गर्दै प्राकृतिक अवस्थाले किसानलाई दोहोरो मारमा पारेको बताइन्।
नेपाललाई कृषि प्रधान देशका रूपमा मात्र व्याख्या गरेर नपुग्ने भन्दै उनले कृषि उत्पादनलाई टिकाउ बनाउन समयमै मल, बिउ तथा अन्य आवश्यक कृषि सामग्री उपलब्ध गराउनु राज्यको दायित्व भएको धारणा राखिन्।
सांसद रखालले आवश्यक कृषि सामग्रीको समयमै आपूर्ति हुन नसके उत्पादनमा कमी आउने र त्यसको प्रत्यक्ष असर किसानको आम्दानीमा पर्ने भएकाले यसतर्फ सरकारले प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिइन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ असार २०८३, १३ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भोजपुरका किसान चैतेधान रोप्नमा व्यस्त
सुनसरीका किसानलाई चैते धान रोपाइँ गर्न भ्याइनभ्याइ
वन्यजन्तुबाट प्रभावित किसानलाई राहत वितरण
सप्तरीका किसान चैते धान रोप्न व्यस्त
घोषणापत्रमा मलैमल, किसानलाई सास्ती पलैपल
पशुपालक किसानलाई आत्मनिर्भर बनाउन अनुदान