काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिँदै युद्ध विरामको उल्लंघन जारी रहे इरानको अस्तित्व नै मेटिन सक्ने बताएका छन्। अमेरिकी सेनाले इरानमाथि गरेको नयाँ आक्रमणपछि ट्रम्पले इरानको अस्तित्व नै मेटाउने धम्की दिएका हुन् ।
आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेख्दै राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘युद्ध विराम सम्झौताको पुनः उल्लंघन भएपछि अमेरिकी विमानहरूले इरानका मिसाइल, ड्रोन भण्डारण र राडार केन्द्रहरूमा आक्रमण गरेका छन्।’
ट्रम्पले भनेका छन् । ‘यो पूर्ण रूपमा सम्भव छ कि उनीहरूले कहिल्यै पाठ सिक्ने छैनन्। एउटा यस्तो समय आउन सक्छ जब हामी सम्झौता गर्ने स्थितिमा रहने छैनौँ र हामीले सैन्य बल प्रयोग गरेर त्यो काम पूरा गर्नुपर्नेछ, जसको सुरुवात हामीले सफलतापूर्वक गरिसकेका छौँ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ असार २०८३, ११ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानसँग चौबीसै घण्टा संवाद भइरहेको राष्ट्रपति ट्रम्पको दाबी
इरानसँग प्रारम्भिक सम्झौता अन्तिम चरणमा पुगेको राष्ट्रपति ट्रम्पको घोषणा
खाडी मुलुकको अनुरोधमा इरानमाथि नयाँ आक्रमण स्थगित गरेको राष्ट्रपति ट्रम्पको दाबी
राष्ट्रपति ट्रम्प चीन भ्रमणमा जाँदै, जिनपिङसँग विशेष वार्ता हुने
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
ग्रिनल्याण्ड वार्तालाई तत्काल अघि बढाउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह