सुनको भाउ ४७ सयले वृद्धि, कति पुग्यो तोलाको ?

सफल खबर संवाददाता

आइतबार, १४ असार २०८३, ११ : १३
सुनको भाउ ४७ सयले वृद्धि, कति पुग्यो तोलाको ?

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४ हजार ७ सय रूपैयाँले बढेको हो ।

शुक्रबार २ लाख ७९ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला २ लाख ८३ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार ४ हजार १८० रूपैयाँमा कारोबार भएको चाँदी आज १४५ रूपैयाँले बढेर ४ हजार ३२५ रूपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस