काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका २ नागढुंगा चेकपोस्टमा ७५ ग्राम ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।
काँकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख ५३०४ नम्बरको यात्रुवाहक बसमा सवार भारतको दार्जिलिङ जिल्ला, सिलगुडी चम्पासारी बस्ने ३४ वर्षीया मोना राय र २६ वर्षीय पंकज बोसलाई चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो ।
उनीहरूले लुकाईछिपाई ल्याएको प्रतिबन्धित लागू औषध ब्राउन सुगरजस्तो देखिने ७५ ग्राम गिलो पदार्थ बरामद गरिएको हो।
दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ असार २०८३, २० : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ब्राउन सुगरसहित दुई जना पक्राउ
गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ