काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सांसदका काम, व्यवहार र शैलीको मतदाता र जनताले विभिन्न माध्यमबाट नियालिरहेका उल्लेख गर्दै सबै सांसद आफ्नो कामप्रति थप जिम्मेवार बन्नुपर्ने बताएका छन् ।
संघीय संसद् सचिवालयले प्रतिनिधिसभाका सांसदहरूका लागि आज यहाँ आयोजना गरेको अभिमुखीकरण कार्यक्रमको उद्घाटनमा उनले कानुन निर्माणमा जनप्रतिनिधिले विगतका राम्रा अभ्यासबाट सिक्न र अध्ययनशील र प्रविधिमैत्री हुनुपर्ने सुझाव दिए ।
“अहिले प्रतिनिधिसभामा धेरै नयाँअनुसार हुनुहुन्छ, संसदीय विधि र प्रक्रियालाई थप बुझाउन तथा सांसदका काम अझ प्रभावकारी बनाउन यो कार्यक्रम आयोजना गरिएको हो,” सभामुख अर्यालले भने, “संसदीय प्रक्रिया र विधिमा अब्बल बन्नका लागि यो सिकाइ उपलब्धिमूलक हुने विश्वास लिएको छु ।” जनताबाट निर्वाचित भएपछि सांसदको जीवन निजीबाट सार्वजनिक जीवनमा प्रवेश गर्ने भएकाले सोही अनुसार जिम्मेवार बन्नुपर्नेमा उनको जोड थियो ।
कार्यक्रममा सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले स्वागत गर्दै सांसदहरुलाई संसदीय प्रक्रिया र विधिका बारेमा थप जानकारी दिने उद्देश्यले सचिवालयले संसदीय प्रक्रिया र अभ्याससम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको बताए।
सचिवालयले सांसदहरुलाई संसदीय प्रक्रिया र विधिका बारेमा जानकारी दिने उद्देश्यले सिंहदरबारस्थित संसद् भवन परिसरमा सोमबार र मंगलबार उक्त अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ असार २०८३, १३ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुख अर्याल र संयुक्त अरब इमिरेट्सका राजदूत शम्सीबीच भेटवार्ता
सभामुख अर्यालसँग बंगलादेशका राजदूत रहमानको भेट
सभामुख अर्यालसँग अमेरिकी कार्यवाहक राजदूत स्कटको भेट
‘कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छ’ : सभामुख अर्याल
सुशासन, समृद्धि र भ्रष्टाचार अन्त्यको लक्ष्य हाम्रै पालामा पूरा गर्नुपर्छ: सभामुख अर्याल
जनमुखी विकास र सुशासनलाई प्राथमिकतामा राख्न सभामुख अर्यालको आग्रह