काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बीच पार्टी एकताका लागि आज निर्णायक वार्ता हुने भएको छ । दुई पार्टीबीच आज दिउँसो ३ बजे नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय पेरिसडाडाँमा एकता वार्ता हुन लागेको हो ।
दुई पार्टीबीच एकताका लागि केही समययता चरणचरणमा वार्ता भईरहेको छ। बुधबार पनि नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा वार्ता भएको थियो ।
माओवादी, एकीकृत समाजवादी, नेकपा (समाजवादी), लगायत विभिन्न् ११ वटा राजनीतिक दल तथा समुहहरुका बीचमा एकता भएर प्रचण्ड, माधव नेपालहरुले नेपाली कम्युनिष्ट पार्टी निर्माण गरेका छन् ।
यो पार्टीले सूदुरपश्चिममा बलियो पकड बनाएका भीम रावलको समुहलाई पनि पार्टी एकतामा ल्याईसकेको छ । अब पूर्व र खासगरी मधेसको वीरगञ्ज, लुम्बिनीको बाँकेतिर केही पकड रहेको जसपालाई पनि पार्टी एकतामा ल्याउन गृहकार्य गरिरहेको छ ।
जसपालाई उपेन्द्र यादवले पनि अव मिलेर अगाडी जान भन्दै एकता प्रस्ताव गरिरहेको छ । अशोक राई उपेन्द्र यादववाटै विभाजित भएर अलग पार्टी बनाएका थिए । अशोक राईको पार्टीभित्र पार्टी एकतामा जाने विषयमा करिव सहमति भएपनि उपेन्द्र यादवसँग नै एकतामा जाने या नेपाली कम्युनिष्ट पार्टीसँगको एकतामा जाने भन्ने विषयमा भने दुई धार देखिएको छ ।
अहिलेसम्मका छलफल भने नेपाली कम्युनिष्ट पार्टीसँगको एकतामै जाने भन्नेतिर सकारात्मक रहेको जसपाका एक नेताले सफलखबरसँग भने । उनका अनुसार, आज नेपाली कम्युनिष्ट पार्टीसँग हुने छलफल सकारात्मक बने शीर्ष तहमा छलफल गरेर एकताको टुंग्गो लाग्नेछ ।
जसपासँगको वार्तामा नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट देव गुरुङ, वेदुराम भुषाल, प्रमेश हमाल, शक्ति बस्नेत, गिरिराजमणि पोखरेल, प्रकाश ज्वाला सहभागी भईरहेका छन् भने जसपाबाट राजेन्द्र श्रेष्ठ, रेनु यादव, रणध्वज कन्दङवा र परशुराम बस्नेतको सहभागिता छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ मंसिर २०८२, ०८ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि नेकपाले टुंग्यायो उम्मेदवार (सूची)
सुमन सायमी नेकपामा प्रवेश
नेकपाका २ हजार ४ सय ९९ केन्द्रीय सदस्यले लिए शपथ
जसपा नेपालका उपाध्यक्षसहितका नेता नेकपामा प्रवेश
नेकपाले हटायो बन्दसूचीबाट पञ्चा सिंहको नाम
२९ गते केन्द्रीय कमिटी घोषणा गर्ने नेकपाको निर्णय