काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बीच पार्टी एकताका लागि आज निर्णायक वार्ता हुने भएको छ । दुई पार्टीबीच आज दिउँसो ३ बजे नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय पेरिसडाडाँमा एकता वार्ता हुन लागेको हो ।
दुई पार्टीबीच एकताका लागि केही समययता चरणचरणमा वार्ता भईरहेको छ। बुधबार पनि नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा वार्ता भएको थियो ।
माओवादी, एकीकृत समाजवादी, नेकपा (समाजवादी), लगायत विभिन्न् ११ वटा राजनीतिक दल तथा समुहहरुका बीचमा एकता भएर प्रचण्ड, माधव नेपालहरुले नेपाली कम्युनिष्ट पार्टी निर्माण गरेका छन् ।
यो पार्टीले सूदुरपश्चिममा बलियो पकड बनाएका भीम रावलको समुहलाई पनि पार्टी एकतामा ल्याईसकेको छ । अब पूर्व र खासगरी मधेसको वीरगञ्ज, लुम्बिनीको बाँकेतिर केही पकड रहेको जसपालाई पनि पार्टी एकतामा ल्याउन गृहकार्य गरिरहेको छ ।
जसपालाई उपेन्द्र यादवले पनि अव मिलेर अगाडी जान भन्दै एकता प्रस्ताव गरिरहेको छ । अशोक राई उपेन्द्र यादववाटै विभाजित भएर अलग पार्टी बनाएका थिए । अशोक राईको पार्टीभित्र पार्टी एकतामा जाने विषयमा करिव सहमति भएपनि उपेन्द्र यादवसँग नै एकतामा जाने या नेपाली कम्युनिष्ट पार्टीसँगको एकतामा जाने भन्ने विषयमा भने दुई धार देखिएको छ ।
अहिलेसम्मका छलफल भने नेपाली कम्युनिष्ट पार्टीसँगको एकतामै जाने भन्नेतिर सकारात्मक रहेको जसपाका एक नेताले सफलखबरसँग भने । उनका अनुसार, आज नेपाली कम्युनिष्ट पार्टीसँग हुने छलफल सकारात्मक बने शीर्ष तहमा छलफल गरेर एकताको टुंग्गो लाग्नेछ ।
जसपासँगको वार्तामा नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट देव गुरुङ, वेदुराम भुषाल, प्रमेश हमाल, शक्ति बस्नेत, गिरिराजमणि पोखरेल, प्रकाश ज्वाला सहभागी भईरहेका छन् भने जसपाबाट राजेन्द्र श्रेष्ठ, रेनु यादव, रणध्वज कन्दङवा र परशुराम बस्नेतको सहभागिता छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ मंसिर २०८२, ०८ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समानुपातिक सूचीलाई अन्तिम रूप दिन नेकपा आन्तरिक छलफलमा
नेकपासँग नाउपाको एकता
नेकपाले समानुपातिकमा सबै ‘नयाँ अनुहार’ पठाउने
एमाले लगायत पार्टीबाट ५६ जना नेकपामा प्रवेश, प्रचण्ड–नेपालद्वारा स्वागत
नेकपाको केन्द्रीय समिति बैठक स्थगित
काठमाडौँमा आज नेकपाको एकता सन्देश सभा