काठमाडौं । जनता समाजवादी पार्टीको कार्यकारिणी बैठक बिसिरहेको छ । अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त रूपमा बोलाएको कार्यकारिणी समितिको बैठकमा ठाकुर पक्ष भने सहभागी छैन ।
बैठकमा सहभागी एक नेताका अनुसार बैठकमा ३१ जना सदस्यको उपस्थिति रहेको छ । जसपाको कार्यकारिणी समिति ५१ सदस्यीय रहेका छन् । गत जेठ ४ गते अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले जेठ ८ र ९ गतेका लागि कार्यकारिणी समितिको बैठक तय गरेका थिए ।
जसपा कार्यकारिणी समितिमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको लगायतका समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ । बैठकमा राष्ट्रिय सभाका तीन सांसदमध्ये दुई जनाको उपस्थिति रहेको पनि एक नेताले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ जेठ २०७८, १९ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै
समाजवादी युवा सङ्घका केन्द्रीय अध्यक्ष नै जसपा नेपालमा