काठमाडौं । जनता समाजवादी पार्टीको कार्यकारिणी बैठक बिसिरहेको छ । अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त रूपमा बोलाएको कार्यकारिणी समितिको बैठकमा ठाकुर पक्ष भने सहभागी छैन ।
बैठकमा सहभागी एक नेताका अनुसार बैठकमा ३१ जना सदस्यको उपस्थिति रहेको छ । जसपाको कार्यकारिणी समिति ५१ सदस्यीय रहेका छन् । गत जेठ ४ गते अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले जेठ ८ र ९ गतेका लागि कार्यकारिणी समितिको बैठक तय गरेका थिए ।
जसपा कार्यकारिणी समितिमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको लगायतका समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ । बैठकमा राष्ट्रिय सभाका तीन सांसदमध्ये दुई जनाको उपस्थिति रहेको पनि एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ जेठ २०७८, १९ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै