काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने पाँच दिने भ्रमणका क्रममा भारत पुगेका छन्। भारत आगमनपछि नयाँदिल्लीस्थित विमानस्थलमा भारतीय जनता पार्टीका नेताहरूले उनको स्वागत गरेका छन्।
रास्वपा सभापति लामिछानेलाई अरुण सिंह र विजय चौथाइवालेले विमानस्थलमा स्वागत गरेको जनाइएको छ। उनी भारतीय जनता पार्टीको निमन्त्रणामा भारत भ्रमणमा गएका हुन्।
भ्रमण टोलीमा विपिनकुमार आचार्य, दीपक बोहोरा, निकिता पौडेल र प्रदीप आचार्य पनि सहभागी छन्।
रास्वपाका प्रवक्ता मनिष झा का अनुसार लामिछानेको भ्रमण जेठ १८ देखि २२ गतेसम्म ९जुन १-५० रहनेछ। भ्रमणका क्रममा नयाँ दिल्लीमा विभिन्न उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यसूची तय गरिएको छ।
यस अवधिमा उनले भारतीय जनता पार्टीका नेतृत्वसँग छलफल गर्नुका साथै भारतमा रहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ। भ्रमण तालिकामा अयोध्या भ्रमण पनि समावेश गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ जेठ २०८३, १८ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि
रास्वपा सभापति लामिछाने र अमेरिकी राजदूत गोरबीच दिल्लीमा भेट
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'