काठमाडौं । भारतको सीमा नेपालले मिचेको भन्ने प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिमाथि कांग्रेसले आपत्ति जनाएको छ । प्रधानमन्त्रीले आज सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि भारतको सीमा मिचेको आफूले थाहा पाएको बताएका थिए ।
कांग्रेसकी सचेतक बासना थापाले प्रधानमन्त्रीले गम्भीर र आपत्तिजनक विषय उठाएको बताइन् ।
उनले भनिन्, ‘भारतको भूमि नेपालले मिचेको भन्नुभयो । कहाँनेर मिचियो ? हामीलाई पनि थाहा दिनुपर्यो । होइन भने, दुई देशको सिमाबारे यस्तो गम्भीर र आपत्तिजनक कुरा प्रधानमन्त्रीले कसरी बोल्नुभयो ? यदि सीमा मिचेको हो भने प्रमाण देखाइयोस्, होइन भने प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ जेठ २०८३, १४ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको कार्यशैलीप्रति काँग्रेसको असन्तुष्टि
काँग्रेसद्वारा मानव अधिकार आयोग प्रतिवेदनबारे सरकारको आधिकारिक धारणा माग
काँग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले तोक्यो ७ विषयगत उपसमिति संयोजक
काँग्रेस संसदीय दलको बैठक जारी
कांग्रेस संसदीय दलको बैठक बस्दै
काँग्रेसभित्र सहमतिको प्रयास स्वरूप डा. कोइरालाद्वारा पाँच प्रस्ताव प्रस्तुत