काठमाडौं । विभाजित भएपछि नेकपाको ओली पक्षले पहिलो पटक पार्टी पङक्तिलाई अन्तरपार्टी निर्देशन जारी गरेको छ ।
संसद विघटन चौतर्फी घेराबन्दीका कारण गर्नुपरेको, पार्टीमा देखा परेको संकट पछि ब्यापक मात्रामा संगठन विस्तारमा लाग्नु परेको, सरकार पार्टीको मातहातमात्र नचल्ने र कतिपय अवस्थामा स्वायक्त पनि हुने भएको जस्ता तर्क दिदै प्रधानमन्त्री ओलीले २२ पुसमा पार्टी पङक्तिलाई आन्तरिक सर्कुलर जारी गरेका हुन् ।
प्रदेश सरकार सक्दा सम्म अन्य शक्तिहरुसँग सहकार्य, समन्वय गरेर जोगाउने सम्मको योजना बुन्दै ओलीले अन्तरपार्टी निर्देशन जारी गरेका हुन् । ओली समुहले पार्टीभित्र नेता कार्यकर्ता प्रचण्ड नेपाल समुहमा जानबाट रोक्न १५०१ सदस्यीय केन्द्रीय समिति बनाउने, मातहतका कमिटिलाई पनि ५० प्रतिशत सम्म मनोनित गर्न निर्देशन दिने सम्मका सर्कुलर गरिएको छ ।
पार्टीको मौजुदा केन्द्रीय समितिमा ओली निक्कै अल्पमतमा परेपछि प्रचण्ड नेपाल पक्षको बहुमत खेमामा नेता कार्यकर्तालाई जानबाट रोक्नका लागि ओलीले पद बाँडरै रोक्ने रणनीति बनाएका हुन् ।
हेर्नुहोस : ओलीले पठाएको आन्तरिक सर्कुलर
https://www.safalkhabar.com/uploads/media/UrgenT/Apani-6-Final.pdf
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ पुस २०७७, ०९ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राज्य संयन्त्रबाट अपमानजनक व्यवहार भएको ओलीको आरोप
अराजक गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याएरै छाड्ने ओलीको दाबी
ओलीले गरे झापा-५ बाट उम्मेदवारी दर्ता
देउवाले आधिकारिकता गुमाउँदा एमालेको चिन्ता, लोकतान्त्रिक मूल्य-मान्यतामाथि प्रहार भएको ओलीको निष्कर्ष
२३-२४ भदौको घटनाबारे मानव अधिकार आयोगले लियो ओलीको बयान
ओली र ‘प्रचण्ड’बीच भेटवार्ता, के भयो छलफल ?