काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले एमालेविरुद्ध योजनाबद्ध रूपमा भ्रम, दुष्प्रचार र चरित्रहत्या गर्ने प्रयास भइरहेको आरोप लगाएका छन् ।
पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै विभिन्न भ्रष्टाचार र अनियमितताका घटनालाई एमालेसँग जोडेर पार्टीको छवि धमिल्याउने प्रयास भएको बताए ।
ओलीले सुन तस्करी, पशुपतिनाथ मन्दिरको जलहरी, गिरिबन्धु, वाइडबडी, ओम्नी र भुटानी शरणार्थी प्रकरणलगायतका विषयलाई लिएर एमालेमाथि अनावश्यक आरोप लगाइएको बताए ।
उनले भने, ‘ती घटनामा व्यक्तिले गल्ती गरेको होला । तर, त्यसको अपराधको जिम्मा एमालेलाई लगाउन खोजिएको छ। कहीँ कसैले ठेक्कापट्टामा कमिसन खाएको हुन सक्छ, त्यसको आरोप नेकपा एमालेलाई लगाउने ? एमाले अरूभन्दा बिल्कुल पृथक पार्टी हो, पृथक रहनेछ, रहनुपर्छ ।’
उनले एमाले अन्य राजनीतिक दलभन्दा फरक चरित्र र सिद्धान्त भएको बताए । उनले थपे, ‘आत्मग्लानी लिएर केही गर्न सकिएन, केही गरिएन भनेर आत्मभत्र्सना गरेर, गल्ती गरियो, अपराध गरियो भनेर आत्मभत्र्सना गरेर हिँड्ने होइन । गर्व गर्नुहोस्, हाम्रो पार्टीले असाधारण ऐतिहासिक उपलब्धिहरू हरेक क्षेत्रमा हासिल गरेको छ। गर्वका साथ ठाडो टाउको गरेर बोल्न र अगाडि बढ्न आग्रह गर्दछु
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० असार २०८३, १५ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शंकर पोखरेल र विष्णु पौडेल ‘लोभीपापी’ भए : केपी ओली
केपी ओलीको बोलीले फेरि एमालेमा छटपटी
केपी ओलीको सचिवालय प्रमुखमा निरुदेवी पाल
पार्टीभित्रै तीन तहको दबाबमा ओली, दुई दिन पछि धकेलियो सचिवालय बैठक
‘सबैको अन्तरमनमा करुणाको दीप बलोस्’ : केपी ओली
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता