सर्लाही । जेनजी आन्दोलनका क्रममा काठमाडौंस्थित केन्द्रीय कारागारबाट फरार भएका एक जना सर्लाहीबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका–१ निवासी २६ वर्षीय रामलाल योन्जन (रमन) रहेका छन् ।
प्रहरीका अनुसार योन्जन गत २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा जगन्नाथ देवलस्थित (सुन्धारा) केन्द्रीय कारागार काठमाडौंबाट फरार भएका थिए । उनी डाँका चोरी मुद्दामा कारागार चलान भएका थिए ।
फरार भएपछि उनको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ । सोही क्रममा सर्लाहीमा लुकीछिपी बसिरहेको अवस्थामा उनलाई गत शुक्रबार साझ पक्राउ गरिएको हो ।
पक्राउ परेका योन्जनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कारागार कार्यालय सर्लाहीमा बुझाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ असार २०८३, १० : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कारागारका कैदीबन्दीको रकम असुली गरेको आरोपमा कांग्रेसका स्थानीय नेता पक्राउ
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
अझै फर्केनन् भिमफेदी कारागारबाट फरार १३३ कैदीबन्दी
चितवन कारागारमा ११८ जना बिरामी कैदीबन्दी
भीमफेदी कारागार तोडेर फरार भएका कैदी बारामा चोरी गर्दा पक्राउ
कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई