मानव अधिकार आयोगसँग ओलीले मागे जेन जेड आन्दोलनको प्रतिवेदन

सफल खबर संवाददाता

शनिबार, १३ असार २०८३, १८ : ४८
मानव अधिकार आयोगसँग ओलीले मागे जेन जेड आन्दोलनको प्रतिवेदन

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानवअधिकार आयोगसँग छानबिन तथा अनुसन्धान प्रतिवेदन माग गरेका छन् । 

अध्यक्ष ओलीले जेन जेड आन्दोलनबारे आयोगले जारी गरेको छानबिन तथा अनुसन्धान प्रतिवेदन माग गरेका हुन् । 

अध्यक्ष ओलीका तर्फबाट छानबिन तथा अनुसन्धान प्रतिवेदन माग गर्दै एमाले नेता महेश बर्तौलाले आयोगमा निवेदन दर्ता गरेका हुन्।    

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको निवेदनमा आगजनी गर्ने र संवैधानिक अङ्गहरूलाई समाप्त गर्न उत्तेजना फैलाउन संलग्न व्यक्तिको विषयमा आयोगको प्रतिवेदन मौन रहेको उल्लेख गरिएको छ । 

प्रतिक्रिया दिनुहोस