तेहरान । इरानले शनिबार बिहानदेखि दिवंगत सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको सार्वजनिक अन्त्येष्टि समारोहको औपचारिक सुरुआत गरेको छ ।
सरकारी टेलिभिजनका अनुसार अन्त्येष्टिअघि छ दिनसम्म सार्वजनिक श्रद्धाञ्जली कार्यक्रम सञ्चालन गरिनेछ । यस अवधिमा इराकमा पनि शोक र्यालीहरू आयोजना गरिने कार्यक्रम छ ।
घटनास्थलमा रहेका एएफपीका पत्रकारका अनुसार खामेनीको शव राखिएको बाकस समारोहस्थलमा ल्याइनुअघि नै हजारौँ शोकाकुल नागरिक तेहरानस्थित ग्रान्ड मोसाल्लाको प्राङ्गणमा भेला भएका थिए ।
उनीहरूले अमेरिका विरुद्ध नारा लगाएका थिए भने बदलाको प्रतीक मानिने रातो ब्यानर पनि प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० असार २०८३, ११ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानसँग बेल्जियमको गोलरहित बराबरी
न्यूजिल्यान्ड र इरानबीचको खेल बराबरीमा टुंगियो
अमेरिका-इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्यमा भारी गिरावट
सर्तहरू पूरा नभए सम्म अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने इरानको चेतावनी
भारतीय जहाजमाथि अमेरिकी आक्रमण, तीन नाविकको मृत्यु भएपछि इरानको कडा प्रतिक्रिया
इरानद्वारा स्ट्रेट अफ हर्मुज पूर्णरूपमा बन्द गर्ने घोषणा