खेत रोप्न गएकी महिलाको नदीमा डुबेर मृत्यु

सफल खबर संवाददाता

आइतबार, २१ असार २०८३, ०९ : ४२
खेत रोप्न गएकी महिलाको नदीमा डुबेर मृत्यु

‎‎सुर्खेत । सल्यानमा खेत रोप्न गएकी एक महिलाको शारदा नदीमा डुबेर मृत्यु भएको छ। ‎मृत्यु हुनेमा कालिमाटी गाउँपालिका–४, ज्यामिरेकी ४६ वर्षीया सिता विक रहेकी छिन्।

‎‎सल्यान प्रहरीका अनुसार, धान रोप्न गएकी उनी रोपाइँको काम सके पश्चात् आइतबार बेलुका ५ बजेतिर शारदा नदीमा नुहाउन गएकी थिइन्। ‎त्यही क्रममा उनको डुबेर मृत्यु भएको हो ।

‎‎उनका श्रीमान् र एउटा छोरा कामको सिलसिलामा भारतमा रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस