काठमाडौँ । अभिनेत्री उषा रजकले एक व्यक्तिले फोन गरेर दुख दिएकैले देश छोड्न बाध्य भएको दावी गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत एक स्टाटस लेख्दै उनले संजोक कार्कीले आफूलाई मध्यरातमा फोन र म्यासेज गरेर दुःख दिएको बताएकी हुन् ।
उषाले केही दिनअघि आफूलाई कार्कीले फेसबुकमा एड गरेर रातबिरात फोन गरेको गुनासो गरेकी थिइन् । यसबारे आफूले साइबर ब्यूरोमा जानकारी गराउँदा वास्ता नगरिएको उनको भनाइ थियो । आज भने उनले सोही विषयमा साइबर ब्युरोले उजुरी दर्ता गर्न बोलाएको भए पनि आफूले नगरेको उल्लेख गरेकी छन् ।
तर, हिजो राति १ः३१ बजे पुनः मेसेन्जरमा फोन र म्यासेज आउन थालेपछि आफू असुरक्षित महसुस गरेको उनले बताएकी छन् ।
उषाले परिवार र आफन्तको सल्लाहअनुसार केही समयका लागि अष्ट्रेलिया जाने निर्णय गरेको बताएकी छिन् ।
‘मलाई डर त थिएन, तर अपराधीभन्दा पीडितले दुःख भोग्नुपर्ने हाम्रो समाजको प्रवृत्तिले गर्दा परिवारको आग्रहमा म अष्ट्रेलिया आएकी छु,’ उनले लेखेकी छिन् ।
यो स्टाटसअघि उनले एयरपोर्टमा भिडिओ बनाएर हालेकी थिइन् ।
यही परिस्थितिका कारण दुई महिनादेखि तयारी गरिरहेको एक समिटमा वक्ताको रूपमा सहभागी हुन नपाएको उनी बताउछिन् । साथै अर्को हप्तादेखि सुरु हुने भनिएको चलचित्रको छायांकन समेत छोड्नु परेको उषाको भनाइ छ । यसबाट आयोजक र निर्माण टोलीमा परेको असरप्रति उनले क्षमा समेत मागेकी छिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० असार २०८३, १२ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्रीका निकट व्यक्तिले ‘ह्यारेस’ गरे, प्रहरीले उजुरी लिएन: नायिका उषा रजक